सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट ३२औँ गृष्मकालीन ओलम्पिक खेलमा भाग लिने नेपाली खेलाडीहरूलाई विदाई

असार ३१¸ काठमाडौँ । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले २३ जुन¸ २०२१ देखि जापानमा आयोजना हुन गइरहेको ३२औँ गृष्मकालीन ओलम्पिक खेलमा सहभागी हुने नेपाली खेलाडी¸ प्रशिक्षक तथा व्यवस्थापकहरूको टोलीलाई आज राष्ट्रपति भवन¸ महाराजगञ्जमा आयोजित कार्यक्रममा सफलताको शुभकामना दिंदै विदाई गर्नुभयो । सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले नेपालको प्रतिनिधित्व गर्दै ओलम्पिक खेलमा सहभागी हुने टोलीनेता राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेश सिलवाललाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्नुभएको थियो । ओलम्पिक खेलमा भाग लिने खेलाडीहरूले देशको पहिचानलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने आशा सम्माननीय राष्ट्रपतिज्यूले व्यक्त गर्नुभयो । राष्ट्रपतिज्यूले भन्नुभयो¸ “विश्वस्तरीय प्रतिस्पर्धा हुने ओलम्पिक खेलमा नेपालको सहभागिताबाट हाम्रो खेलको स्तर अभिवृद्धि गर्नका निम्ति ठूलो अनुभव र Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट श्री गणेश र श्री भैरवको संकल्प पूजा सम्पन्न

असार ३१¸ काठमाडौँ । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले जीवित देवीको रूपमा मानिने श्री कुमारीको रक्षार्थ स्थापना गरिएका श्री गणेश र श्री भैरवलाई प्रतिस्थापन गरिएको अवसरमा आयोजित संकल्प पूजा सम्पन्न गर्नुभएको छ । शाक्य महाविहार संघको तर्फबाट आयोजना गरिने संकल्प पूजा राष्ट्र प्रमुखले गर्नुपर्ने परम्पराअनुसार विहिबार राष्ट्रपति भवन¸महाराजगञ्जमा सम्पन्न भएको हो । नेपाल सम्वत् ८७७ (वि.सं. १८१३) मा काठमाडौँका राजा जयप्रकाश मल्लको शासनकालमा भाद्र शुक्ल पक्षका दिन तलेजु भवानीको प्रतीकको रूपमा शाक्य वंशका कुलपुत्रीहरू मध्येबाट छनौट गरी जीवित देवीको रूपमा श्री कुमारीको स्थापना भएको हो । श्री कुमारीको रक्षार्थ शाक्य वंशकै कुलपुत्रहरू मध्येबाट श्री गणेश र श्री भैरव स्थापना गरि Read More …

महान्यायाधिवक्ता पदमा नियुक्त

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम बाजुरा जिल्ला निवासी अधिवक्ता श्री खम्म बहादुर खातीलाई नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको छ । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

सङ्‍घीय संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/३/३१ को सिफारिसमा सम्वत् २०७८ साल साउन ३ गते आइतबार दिनको १६:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर, काठमाडौंमा सङ्‍घीय संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको छ । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

३२ औँ गृष्मकालिन ओलम्पिक खेलमा सहभागी हुनुहुने नेपाली खेलाडी,  प्रशिक्षक र व्यवस्थापकहरूलाई बिदाई भेट

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मित्रराष्ट्र जापानको राजधानी टोकियोमा आयोजना हुने ३२ औँ गृष्मकालिन ओलम्पिक खेलमा सहभागी हुनुहुने नेपाली खेलाडी,  प्रशिक्षक र व्यवस्थापकहरूलाई राष्ट्रपति भवन, महाराजगञ्‍जमा आयोजित समारोहमा सफलताको शुभकामना दिई बिदाई भेट गर्नुभयो । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता  

मन्त्रिपरिषद् गठन गरी कार्य विभाजन तथा पद तथा गोपनीयताको शपथ

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको सिफारिसमा देहाय बमोजिमको मन्त्रिपरिषद् गठन गरी कार्य विभाजन गर्नुभएको छ । क्र.सं.   नाम, थर पदनाम कार्यविभाजन १ श्री शेरबहादुर देउवा प्रधानमन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति; कृषि तथा पशुपन्छी विकास; खानेपानी; परराष्ट्र; भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण; भौतिक पूर्वाधार तथा यातायात; महिला, बालबालिका तथा ज्येष्ठ नागरिक; युवा तथा खेलकुद; रक्षा; वन तथा वातावरण; शिक्षा, विज्ञान तथा प्रविधि; श्रम, रोजगार तथा सामाजिक सुरक्षा; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन; सङ्‍घीय मामिला तथा सामान्य प्रशासन; सञ्चार तथा सूचना प्रविधि; सहरी विकास र स्वास्थ्य तथा Read More …

प्रधानमन्त्री पदमा नियुक्त

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट श्री सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८/३/२८ को फैसला बमोजिम प्रतिनिधिसभाका सदस्य एवम् नेपाली कांग्रेस संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवाज्यूलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

महान्यायाधिवक्ताको पदबाट राजीनामा

सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्रीज्यू मार्फत नेपालका महान्यायाधिवक्ता श्री रमेश वडालले  नेपालको संविधानको धारा १५७ को उपधारा (४) को खण्ड (क) बमोजिम मिति २०७८/३/२९ गतेदेखि लागू हुने गरी महान्यायाधिवक्ताको पदबाट राजीनामा दिनु भएको छ । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत डा. युवराज खतिवडालाई मेक्सिकोका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता