“शहीद दिवस २०७३” का अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले दिनुभएको सन्देश

नेपालमा प्राप्त लोकतन्त्र र अग्रगमन हाम्रा महान् शहीदहरूका त्याग तथा बलिदानको परिणाम हुन । हामी     सबैलाई राष्ट्रनिर्माणको महायज्ञमा स्वतःस्फूर्त रूपले समाहित हुने प्रेरणा प्रदान गर्दै आदरणीय ज्ञात–अज्ञात शहीदहरूको सपना साकार पार्न कृतसंकल्पित बन्न प्रेरित गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु । वीर, अमर, त्यागी  र भविष्यद्रष्टा शहीदहरूको बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै देशमा राजनीतिक सहमति मार्फत शान्ति, विकास गर्न सकेमा मात्र शहीदहरूप्रतिको सच्चा सम्मान र श्रद्धाञ्जली हुने भएकाले यसतर्फ हामी सबै नेपाली एकताबद्ध भएर मन, वचन र कर्मले लाग्न जरुरी छ । राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता एवं मानवअधिकारको रक्षाका लागि आफ्नो जीवन उत्सर्ग गर्ने महान शहीदहरू शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, धर्मभक्त Read More …

सोनमल्होसार २०७३ का अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले दिनुभएको शुभकामना सन्देश

तामाङ्ग समुदायको महान पर्व “सोनमल्होसार” को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली तामाङ्ग समुदायहरुमा सुख, शान्ति, समृद्धि, एवम् उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । जातीय तथा धार्मिक–सांस्कृतिक विविधता रहेको हाम्रो मुलुकमा तामाङ्ग समुदायले यस पर्वलाइ नयाँ वर्ष र न्वाँगी पूजाका रुपमा हर्षोल्लासपूर्वक धूमधामले मनाउने गर्दछन् । आपसी मनोरञ्जन र खुशी साटासाट गरी मनाइने यस पर्वले हामीबीच बन्धुत्व, पारस्परिकता र सद्‌भाव कायम राख्न मद्दत पुर्‍याउने छ । मुलुकमा मनाइने यस्ता चाडपर्व र संस्कृतिहरुको संरक्षण तथा संबर्द्धन गर्दै समृद्धितर्फको यात्रा तय गर्नु हाम्रो दायित्व समेत हो । विविधताले भरिपूर्ण सिंगो नेपाली संस्कृतिभित्रको तामाङ्ग जाति तथा समुदायको संस्कृति आफैंमा मौलिक, Read More …

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नेपालस्थित अवैतनिक महावाणिज्यदूत एवम् वाणिज्यदूतहरुबाट शिष्टाचार भेट

आज मिति २०७३ साल माघ १२ गते बुधबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालस्थित अवैतनिक महावाणिज्यदूत एवम् वाणिज्यदूतहरुको समुदाय (Honorary Consular Corps-Nepal) ले शिष्टाचार भेट गर्‍यो । भेटका अवसरमा अवैतनिक वाणिज्यदूतहरुको तर्फबाट समुदायका डिन श्री श्रीराम लामिछाने एवम् अन्य महावाणिज्यदूतहरुले आफूले गरिरहेका कार्यहरुका वारेमा संक्षिप्त विवरण प्रस्तुत गर्नुभयो । त्यस अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाट अवैतनिक महावाणिज्यदूत तथा वाणिज्यदूतहरु सम्बन्धित देशका कूटनीतिक प्रतिनिधि सरह रहेकाले नेपाल र आफूले प्रतिनिधित्व गर्ने देशबीचको सामाजिक, आर्थिक तथा साँस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाई नेपाल र नेपाली जनताको गौरव वढाउने कार्यमा दत्तचित्त हुन आग्रह गर्नुभयो । साथै सम्माननीय राष्ट्रपतिज्यूले देशको सर्वोपरी हितमा पूँजी Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाट गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७३ साल माघ ११ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा बेल्जियमका लागि नेपाली राजदूत पदमा कार्यरत श्री लोकबहादुर थापालाई नेदरल्याण्ड्सका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ । (कुल प्रसाद चुडाल) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट सम्माननीय प्रधानमन्त्रीज्यूको कार्यभार तोक्नु भएको

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यू World Future Energy Summit मा भाग लिने सिलसिलामा २०७३ साल माघ १ गते शनिबार युएईतर्फ प्रस्थान गर्नु हुने भएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री  श्री विमलेन्द्र निधिज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ । (कुल प्रसाद चुडाल) प्रवक्ता

मकर संक्रान्ति तथा माघी पर्व, २०७३ का अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले दिनुभएकाे शुभकामना सन्देश

“मकर संक्रान्ति तथा माघी पर्व, २०७३” को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । जातीय तथा धार्मिक–सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा यस मकर संक्रान्ति पर्व तथा माघी पर्वलाई विभिन्न समुदायले आफ्नो मुख्य पर्वका रुपमा हर्षोल्लासपूर्वक धूमधामले मनाउने गर्दछन् । तरुल लगायतका कन्दमूल तथा घिऊ, चाकु, तीलको लड्‌डु र खिचडी लगायतका परिकार खाई मनोरञ्जन पूर्वक खुशी साटासाट गरी मनाइने यस पर्वले हामी नेपालीबीच बन्धुत्व, एकता र सद्‌भाव कायम राख्न मद्दत पुर्‍याएको छ । मुलुकमा मनाइने यस्ता चाडपर्व र संस्कृतिहरुको संरक्षण तथा संबर्द्धन गर्नु हामी सबैको दायित्व Read More …

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७३ साल पौष २९ गते शुक्रबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष राष्ट्रिय मानव अधिकार आयोगका माननीय अध्यक्ष श्री अनुपराज शर्माले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०७२/०७३ को वार्षिक प्रतिवेदन पेश गर्नु भएको छ । (कुल प्रसाद चुडाल) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसँग प्रमुख राजनीतिक दलका प्रमुखज्यूहरुबाट भेट

आज मिति २०७३ साल पौष २१ गते बिहीबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसँग प्रमुख राजनीतिक दलका प्रमुखज्यूहरुबाट भेट भयो । भेटका अवसरमा हालको समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । उक्त भेटमा सम्माननीय प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)ज्यू, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाज्यू, नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष के.पी. शर्मा ओलीज्यू, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाज्यू, मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारज्यू लगायतका शीर्षस्थ नेताहरुको उपस्थिति थियो । (कुल प्रसाद चुडाल) प्रवक्ता