सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नमोबुद्ध नगरपालिकास्थित पुनर्निर्मित काली मन्दिरको समुद्‍घाटन समारोहमा गर्नुभएको सम्बोधन

माननीय प्रतिनिधि सभाका सदस्यहरू, माननीय प्रदेशसभाका सदस्यहरू‚ नगर प्रमुख तथा स्थानीय जनप्रतिनिधिहरू, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी एवं सदस्यहरू, राष्ट्रसेवक कर्मचारीहरू‚ सञ्चारकर्मीहरू‚ उपस्थित भद्रमहिला तथा सज्जनवृन्द । सांस्कृतिक तथा पुरातात्विक सम्पदाले सम्पन्न नमोबुद्ध नगरपालिकामा पुनर्निर्मित ऐतिहासिक काली मन्दिरको उद्‍घाटन  समारोह आयोजना गरी तपाईँहरूसँग अन्तरक्रिया गर्ने यो अवसरका लागि म सम्पूर्ण नगरपालिका परिवारलाई धन्यवाद दिन चाहान्छु । विश्‍व शान्तिका प्रवर्तक भगवान बुद्धको नामबाट सुशोभित भएको यस नगरपालिकाले आफ्नो सांस्कृतिक तथा ऐतिहासिक गौरव कायम राख्न पहल गर्दै आएकोमा पनि म सराहना गर्दछु । विक्रम संवत् २०७२ सालको विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त काली मन्दिरको पुनर्निर्माण गरी संरक्षण तथा संवर्द्धन गर्न नगरपालिकाले देखाएको अग्रसरता प्रशंसनीय Read More …

सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा देहाय बमोजिमका मुख्य न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति गर्नुभएको छ । नाम, थर र वतन हाल कार्यरत पद र अदालत नियुक्ति गरिएको पद र अदालत श्री तिलप्रसाद श्रेष्ठ मुख्य न्यायाधीश, उच्च अदालत, विराटनगर न्यायाधीश, सर्वोच्च अदालत २०७८ साल चैत १५ गते मंगलबार । (सागर आचार्य) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले पोखरा महानगरपालिकाद्वारा आयोजित न्यायिक समिति राष्ट्रिय सम्मेलन‚ २०७८ मा गर्नुभएको सम्बोधन

माननीय प्रदेश प्रमुख‚ माननीय मुख्य मन्त्री‚ माननीय प्रदेशसभाका सभामुख‚ प्रतिनिधिसभा तथा राष्ट्रियसभाका माननीय सांसदहरू‚ पूर्व मन्त्रीहरू, उच्च अदालत‚ पोखराका मुख्य न्यायधीश‚ माननीय प्रदेश सांसदहरू‚ पोखरा महानगरपालिकाका प्रमुख तथा उप–प्रमुख, राष्ट्रसेवक कर्मचारीहरू‚ सञ्चारकर्मीहरू‚ उपस्थित भद्रमहिला तथा सज्जनवृन्द । पोखरा महानगरपालिकाद्वारा आयोजित ‘न्यायिक समितिको असल अभ्यास, समस्या र चुनौती’ विषयक राष्ट्रिय सम्मेलन सफलताको लागि म शुभकामना व्यक्त गर्दछु । यस ऐतिहासिक कार्यक्रममा सहभागी भई विचार आदानप्रदान गर्ने अवसरका लागि कार्यक्रमका आयोजक र सहभागीप्रति हार्दिक आभार प्रकट गर्दछु । सुन्दर नगरी पोखरामा आयोजित विभिन्न कार्यक्रमहरूमा मैले धेरैपल्ट सहभागी हुने अवसर पाएको छु । प्रकृतिको अनुपम छटाद्वारा सजिएको यस नगरमा हरेक पटक आउँदा मेरो Read More …

सम्माननीय राष्‍ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले दसौँ गैरआवासीय नेपाली विश्व सम्मेलनको उदघाटन समारोहमा प्रमुख अतिथिका रूपमा गर्नुभएको सम्बोधन

माननीय परराष्ट्र मन्त्री‚ गैरआवासीय नेपाली संघका कार्य समितिका पदाधिकारीहरू‚ यस सम्मेलनमा भाग लिन आउनुभएका प्रतिनिधिहरू‚ भद्र महिला तथा सज्जन वृन्द । विश्वका विभिन्न मुलुकमा बसोबास गर्दै आउनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई मातृभूमिमा स्वागत गर्न पाउँदा मलाई खुसी लागेको छ । यस अवसरमा म दसौँ गैरआवासीय नेपाली विश्व सम्मेलनको पूर्ण सफलताको कामना गर्दछु । विदेशमा रहेर पनि तपाईंहरूले मातृभूमिप्रति दर्शाउनु भएको अपनत्व र माया प्रशंसनीय रहेको छ । तपाईंहरूको यस सद्‌भावलाई राष्ट्रले उच्च मुल्याङ्कन गरेको छ र भविष्यमा पनि गर्दै जाने मैले विश्वास लिएको छु ।  विदेशमा बसोबास गर्ने नेपाली समुदायको हितलाई प्रवर्द्धन गर्ने, राष्ट्रिय छवि निर्माण गर्ने र नेपालको Read More …

मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका State Councilor and Minister of Foreign Affairs बाट शिष्टाचार भेट

विज्ञप्ति सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपाल भ्रमणमा रहनुभएका मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका State Councilor and Minister of Foreign Affairs  H.E. Mr. Wang Yi ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा विचारविमर्श भयो । भेटका अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले ऐतिहासिक कालदेखि नै नेपाल र चीन असल छिमेकी रहेको र यस प्रकारको उच्च तहको भ्रमणले दुई देशबीच रहिआएको बहुआयामिक सम्बन्धलाई अझ सुदृढ तुल्याउन मद्दत पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । २०७८ साल चैत १३ गते आइतबार (सागर आचार्य) प्रवक्ता

राजदूत पदको, पद तथा गोपनीयताको शपथ

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त हुनुभएका डा. शंकर प्रसाद शर्माले राष्ट्रपतिको कार्यालय, महाराजगञ्‍जमा आयोजित एक समारोहका बीच राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । उक्त अवसरमा माननीय परराष्ट्र मन्त्री डा. नारायण खड्काज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो । २०७८ साल चैत ११ गते शुक्रबार (सागर आचार्य) प्रवक्ता

अध्यादेश जारी

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको अध्यादेश जारी गर्नु भएको छः क्र.सं. अध्यादेशको नाम १. रेल्वे अध्यादेश, २०७८ २०७८ साल चैत ८ गते मङ्गलबार । (सागर आचार्य) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले विश्‍व पानी दिवस, २०२२ (२२ मार्च) को अवसरमा दिनुभएको सन्देश

विश्‍व पानी दिवस, २०२२ (२२ मार्च) को सन्देश विश्व पानी दिवस, २०२२ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा पानीका स्रोतको संरक्षण गर्दै पर्यावरण सन्तुलनमा योगदान गर्न प्रेरणा मिलोस् भनी कामना गर्दछु । समस्त जीवन र जगत्‌को अस्तित्व रक्षा गर्ने प्रकृतिप्रदत्त वरदानका रूपमा रहेको पानीको महत्त्व‚ संरक्षण र दिगो प्रयोगका बारेमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९३ देखि हरेक वर्ष मार्च २२ लाई विश्व समुदायले पानी दिवसका रूपमा मनाउँदै आएको छ । नेपालमा यस वर्ष ‘भूमिगत जलस्रोतको महत्त्व बुझौँ‚ सबै मिली संरक्षण गरौँ’ भन्ने राष्ट्रिय संकल्पका साथ विभिन्न जनचेतनामूलक कार्यक्रमसहित विश्व पानी दिवस मनाइरहेका छौँ । पानी Read More …

नेपालका लागि साउदी अरेबियाका आवासीय राजदूतबाट शिष्टाचार बिदाई भेट

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि साउदी अरेबियाका आवासीय राजदूत H.E. Musaid Bin Sulaiman Al Marwany ले राष्ट्रपति भवनमा शिष्टाचार बिदाई भेट गर्नुभयो । सो अवसरमा नेपाल र साउदी अरेबिया बीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । २०७८ साल चैत ७ गते सोमबार (सागर आचार्य) प्रवक्ता

नेपालको आवासीय राजदूत पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा डा. शंकर प्रसाद शर्मालाई गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ । २०७८ साल चैत ६ गते आइतबार । (सागर आचार्य) प्रवक्ता