राजदूत पदको, पद तथा गोपनीयताको शपथ

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त हुनुभएका डा. शंकर प्रसाद शर्माले राष्ट्रपतिको कार्यालय, महाराजगञ्‍जमा आयोजित एक समारोहका बीच राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । उक्त अवसरमा माननीय परराष्ट्र मन्त्री डा. नारायण खड्काज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

२०७८ साल चैत ११ गते शुक्रबार

(सागर आचार्य)

प्रवक्ता