कार्यभार तोक्नु भएको

आज मिति २०७६ साल जेठ १६ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट सम्माननीय प्रधानमन्त्री श्री के. पी. शर्मा ओलीज्यू गणतन्त्र भारतको औपचारिक भ्रमणको सिलसिलामा सम्वत् २०७६ साल जेठ १६ गते बिहीबार त्यसतर्फ प्रस्थान गर्नु हुने भएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय उपप्रधानमन्त्री एवं रक्षा मन्त्री श्री ईश्वर पोखरेलज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ ।  (छविन्द्र पराजुली)       प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट संविधानसभा पदकबाट विभूषित

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गणतन्त्र दिवस, २०७६ को अवसरमा नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम संविधान सभाका माननीय सदस्यहरुलाई नेपालको संविधान निर्माणमा योगदान पुर्‍याएबापत संविधानसभा पदकबाट विभूषण प्रदान गर्ने मिति २०७६ साल जेठ १४ मा निर्णय भएअनुसार सम्वत २०७६ साल जेठ १६ गते बिहीबारका दिन राष्ट्रपतिको कार्यालय, शीतलनिवासमा आयोजित विशेष समारोहकाबीच संविधानसभा पदकबाट विभूषित गर्नुभएको छ । (छविन्द्र पराजुली) प्रवक्ता

कैद सजाय माफी तथा कट्टा

आज मिति २०७६ साल जेठ १४ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट मन्त्रिपरिषद्को सिफारिसमा गणतन्त्र दिवस, २०७६ को उपलक्ष्यमा असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका माधव राईसमेत ४३४ (चार सय चौतीस) जना कैदीहरुको भुक्तान हुन बाँकी कैदको सजाय नेपालको संविधानको धारा २७६ बमोजिम माफी भएको छ ।    (छविन्द्र पराजुली)      प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट गणतन्त्र दिवस, २०७६ को अवसरमा दिनुभएको शुभकामना सन्देश

बाह्रौँ गणतन्त्र दिवसको सुखद अवसरमा ज्ञात अज्ञात अमर शहीदहरूप्रति श्रद्धासुमन व्यक्त गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मंगलमय शुभकामना प्रकट गर्दछु । निर्वाचित जनप्रतिनिधिमूलक संस्थाहरू गणतान्त्रिक मूल्य मान्यता बमोजिम जनभावनाको कदर गर्दै संविधान र कानूनद्वारा निर्दिष्ट दायित्व पूरा गर्न कटिबद्ध छन् । विश्वमा लोकप्रिय तथा समृद्ध पद्धतिको रूपमा रहेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो शासन प्रणालीका रूपमा मात्र नभई जीवनपद्धतिका रूपमा समेत स्थापित र संस्थागत हुँदै गएको छ । यो सबैका निम्ति गौरवको विषय हो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अवलम्बन भएपश्चात देशमा सुशासन, द्रुततर आर्थिक-सामाजिक विकाससहित समृद्धि हासिल हुन्छ भन्‍ने आम नेपालीको अपेक्षा Read More …

राजदूत पदमा नियुक्त

आज मिति २०७६ साल जेठ ७ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा परराष्ट्र मन्त्रालयका सहसचिव श्री गणेशप्रसाद ढकाललाई थाइल्याण्डका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ । (छविन्द्र पराजुली) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले उभौली पर्व, २०७६ का अवसरमा व्यक्त गर्नुभएको शुभकामना सन्देश

उभौली पर्व, २०७६ को शुभकामना सन्देश किराँत समुदायको महान उभौली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण राई, लिम्बू, याक्खा, सुनुवारलगायत किराँत समुदायका दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य तथा समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । साथै विश्व तापमान बृद्धिले जलवायु परिवर्तनमा प्रतिकूल असर पुर्‍याएर ठूलो परिमाणमा जनधनको क्षति हुने गरेको प्रसंगमा प्रकृति पूजकका रूपमा समेत सुपरिचित किराँत समुदायलाई धर्तीको वातावरण स्वच्छ राख्‍न आजको दिनले थप प्रेरणा प्रदान गर्ने विश्वास लिएको छु । किराँत समुदायले मौलिक र विशिष्टरूपमा मनाउने उभौली पर्वले नेपालीहरू बीच आपसी सद्‍भाव कायम गर्दै सामाजिक एकताको वातावरण अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा लिएको छु । Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले २५६३ औँ बुद्ध जयन्ती, २०७६ को अवसरमा व्यक्त गर्नुभएको शुभकामना सन्देश

२५६३ औँ बुद्ध जयन्ती, २०७६ को शुभकामना सन्देश विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६३ औँ जन्मजयन्तीको पावन अवसरमा विश्वभरका बौद्धमार्गी एवम् शान्ति र अहिंसाप्रेमी सम्पूर्ण समुदायहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । शान्तिदूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र सद्‍भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवम् सवल बनाउन सकिने विश्वास मैले लिएको छु । आर्थिक समृद्धि, सामाजिक विकास एवम् सुशासन प्राप्तिको राष्ट्रिय लक्ष्य हासिल गर्नका लागि मुलुकमा दीगो शान्ति र सुदृढ राष्ट्रिय एकता एक प्रमुख शर्त हो । बुद्ध जयन्तीको यस महत्वपूर्ण अवसरमा समृद्ध नेपाल सुखी नेपालीको साझा राष्ट्रिय संकल्प साकार पार्न Read More …

राजदूत पदमा नियुक्त

आज मिति २०७6 साल जेठ १ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा मलेसियाका लागि नेपालको आवासीय राजदूत श्री उदयराज पाण्डेलाई ब्रुनाई दारुसलामका लागि गैरआवासीय नेपाली राजदूत पदमा समेत नियुक्त गर्नुभएको छ । (छविन्द्र पराजुली) प्रवक्ता

कार्यभार तोक्नु भएको

आज मिति २०७६ साल बैशाख २६ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट सम्माननीय प्रधानमन्त्री श्री के. पी. शर्मा ओलीज्यू भियतनाम र कम्बोडियाको औपचारिक भ्रमणको सिलसिलामा सम्वत् २०७६ साल बैशाख २६ गते बिहीबार त्यसतर्फ प्रस्थान गर्नु हुने भएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय उपप्रधानमन्त्री एवं रक्षा मन्त्री श्री ईश्वर पोखरेलज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ ।   (छविन्द्र पराजुली) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नवनियुक्त राजदूतबाट पद तथा गोपनीयताको शपथ ग्रहण

आज मिति २०७6 साल बैशाख 25 गते बुधबारका दिन राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित एक समारोहकाबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष क्यानाडाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त हुनुभएका श्री भृगु ढुङ्गानाले राजदूत पदको, पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । उक्त अवसरमा माननीय परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवाली लगायत नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।        (छविन्द्र पराजुली) प्रवक्ता