सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक प्रमाणीकरण

आज मिति २०७६ साल भदौ १३ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको  दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका तपसिल बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । क्र.सं. विधेयकको नाम प्रमाणीकरण मिति १ जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, 2076 2076/५/१३    (केशव प्रसाद घिमिरे)   सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष जापानको House of Representatives को सदस्य प्रतिनिधिमण्डलबाट शिष्टाचार भेट

आज मिति २०७६ साल भदौ १३ गते शुक्रबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपाल भ्रमणमा रहनुभएका मित्रराष्ट्र जापानको House of Representatives को सदस्य Ms. INADA Tomomi को नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकार तथा जापान सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।    (केशव प्रसाद घिमिरे)   सहायक प्रवक्ता

राजदूतपदमा नियुक्त

आज मिति २०७६ साल भदौ ११ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा डा. वंशीधर मिश्रलाई बंगलादेशका लागि र डा. नारदनाथ भारद्वाजलाई कतारका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।   (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक प्रमाणीकरण

आज मिति २०७६ साल भदौ ६ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको  दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको तपसिल बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । क्र.सं. विधेयकको नाम प्रमाणीकरण मिति १ भूउपयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ २०७६/५/६    (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट गौरा पर्व, २०७६ का अवसरमा ब्यक्त शुभकामना सन्देश

गौरा पर्व, २०७६ को शुभकामना सन्देश विशिष्ट साँस्कृतिक महत्व बोकेको गौरा पर्वको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । हाम्रो समाजमा गौरा पर्वको आफ्नै ऐतिहासिक एवम् पौराणिक महत्व रहेको छ । यस्ता लोक परम्परा एवम् साँस्कृतिक पर्वहरूले विविधतामा एकता, सामाजिक र साँस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र आपसी सद्‍भाव अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पुर्‍याउँदै आएका छन् । अन्तमा, गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षणमा थप योगदान गर्दै सबैमा उत्साह एवं उमंग जागृत गर्न सहयोग पुर्‍याउने विश्वास लिएको छु ।  धन्यवाद ! मिति २०७६ भाद्र ६ गते, Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट श्रीकृष्ण जन्माष्टमीका अवसरमा ब्यक्त शुभकामना सन्देश

श्रीकृष्ण जन्माष्टमी पर्व, २०७६ को शुभकामना सन्देश श्रीकृष्ण जन्माष्टमीको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । हाम्रा साँस्कृतिक सम्पदा, प्रचलन र मान्यताहरू राष्ट्रिय जीवनका अमूल्य निधि हुन् । मुलुकको सभ्यता र सम्पन्नताको सूचक समेत मानिने यस्ता मौलिक परम्परा र संस्कृतिको प्रबर्द्धन गर्नु हामी सबैको साझा दायित्व हो । यस प्रकारको ऐतिहासिक साँस्कृतिक परम्पराले समाजलाई एकताको सूत्रमा बाँध्नुका साथै सामाजिक तथा धार्मिक सहिष्णुता एवं सद्‍भाव अभिबृद्धि गर्न ठूलो मद्दत पुर्‍याएको छ ।   अन्तमा, श्रीकृष्ण जन्माष्टमी पर्वले हामी बीच सदाचार, सत्कर्म, प्रेम र करुणा जागृत गर्न सकोस् भनी हार्दिक Read More …

कार्यभार तोक्नु भएको

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट सम्माननीय प्रधानमन्त्री श्री के. पी. शर्मा ओलीज्यू  स्वास्थ्य परीक्षणको सिलसिलामा सम्वत् २०७६ साल भदौ ५ गते बिहीबार सिंगापुरतर्फ प्रस्थान गर्नु हुने भएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय उपप्रधानमन्त्री एवं रक्षा मन्त्री श्री ईश्वर पोखरेलज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ ।      (केशव प्रसाद घिमिरे)    सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष भारतका विदेश मन्त्रीबाट शिष्टाचार भेट

आज मिति २०७६ साल भदौ ५ गते बिहीबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपाल भ्रमणमा रहनुभएका मित्रराष्ट्र भारतका H.E. Dr. S. Jaishankar, External Affairs Minister ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकार तथा भारत सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।  (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७६ साल भदौ ३ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा मलेसियाका लागि नेपालको आवासीय राजदूत श्री उदयराज पाण्डेलाई गणतन्त्र इन्डोनेसियाका लागि र कुवेतका लागि  नेपालको आवासीय राजदूत श्री दुर्गाप्रसाद भण्डारीलाई इराकका लागि गैरआवासीय नेपाली राजदूत पदमा समेत नियुक्त गर्नुभएको छ ।  सहायक प्रवक्ता (केशवप्रसाद घिमिरे)

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष ओहोदाको प्रमाणपत्र पेश

आज मिति २०७६ साल साउन 27 गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका मुलुकका महामहिम राजदूतहरूले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा माननीय परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यू लगायत नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो । महामहिम राजदूतहरूलाई शीतलनिवाससम्म बग्गीमा सवार गराइएको थियो । तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/गैरआवासीय   रसिया H.E. Mr. Aleksei A. Novikov आवासीय   लक्जेम्वर्ग H.E. Mr. Jean Claude Kugener गैरआवासीय   गणतन्त्र लिथुआनिया H. E. Mr. Julius Pranevičius गैरआवासीय   कुवेत H.E. Mr. Jasem Ibrahem J.M. Alnajem गैरआवासीय (छविन्द्र पराजुली) Read More …