विज्ञ पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका -१५ निवासी डा. महेशराज पन्तलाई इतिहास तथा पुरातत्व  क्षेत्र र काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका -४ निवासी डा. कृष्णप्रसाद ओलीलाई वातावरणका क्षेत्रमा सुझाव र सल्लाह दिने गरी विज्ञ पदमा नियुक्त गर्नुभएको छ । २०७८ साल फागुन १६ गते सोमबार । (सागर आचार्य) प्रवक्ता  

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानद्वारा आयोजित पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा गर्नु भएको सम्बोधन

प्रतिष्ठानका मानार्थ अध्यक्ष तथा पूर्व उप–प्रधानमन्त्री श्री विमलेन्द्र निधि, सङ्घीय संसदका माननीय सदस्य, प्रतिष्ठानका पदाधिकारी एवं सदस्यहरू, पूर्व मन्त्री, पूर्व सांसदहरू, आज सम्मानित हुनुभएका व्यक्तित्वहरू, भद्रमहिला तथा सज्जनवृन्द ! नेपालको लोकतान्त्रिक आन्दोलनका अग्रणी तथा मूर्धन्य राजनीतिज्ञ महेन्द्रनारायण निधिको स्मृतिमा स्थापित प्रतिष्ठानद्वारा आयोजित पुरस्कार वितरण तथा सम्मान कार्यक्रमको पूर्ण सफलताको कामना गर्दछु । नेपालको राजनीतिक परिवर्तनमा स्वर्गीय निधिले पुर्‍याउनुभएको योगदानको स्मरण गर्दै एकसयौँ जन्मजयन्तीको अवसरमा म उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दछु । लोकतन्त्रको प्राप्तिका लागि महेन्द्रनारायण निधिले युवा वयदेखि नै संघर्ष गर्नुभएको इतिहास छ । उहाँले आफ्नो जीवनको सम्पूर्ण समय मुलुकको स्वाधीनता, अखण्डता र लोकतन्त्रको सुदृढीकरणका लागि समर्पित गर्नुभएको थियो ।  विचार Read More …

संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा प्रा. श्रीधर खत्रीलाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ । २०७८ साल फागुन १५ गते आइतबार । (सागर आचार्य) प्रवक्ता

ओहोदाको प्रमाणपत्र पेश

विज्ञप्ति सम्माननीय राष्‍ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नेपालका लागि तपसिल बमोजिमका महामहिम राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त अवसरमा माननीय परराष्‍ट्र मन्त्री डा. नारायण खड्काज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो । तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/ गैरआवासीय १. कोलम्बिया H.E. Mrs. Mariana Pacheco Montes गैरआवासीय २. क्युवा H.E. Mr. Alejandro Simancas Marin गैरआवासीय ३. कजाखस्थान H.E. Mr. Nurlan Zhalgasbayev गैरआवासीय २०७८ साल फागुन ११ गते बुधबार (सागर आचार्य) प्रवक्ता H.E. Mrs. Mariana Pacheco Montes H.E. Mr. Alejandro Simancas Marin H.E. Mr. Nurlan Zhalgasbayev

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ को अवसरमा दिनुभएको शुभकामना सन्देश

राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ को शुभकामना सन्देश राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौं संघर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । जहानियाँ निरङ्कुश शासनविरुद्ध बलिदानीपूर्ण संघर्षको परिणामस्वरूप वि.सं. २००७ सालको आन्दोलन सफल भएर आधारभूत मानवअधिकारको बहाली गराई नेपाली जनताले राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान स्वरूप प्रत्येक वर्ष फागुन ७ गते हामी प्रजातन्त्र दिवस मनाउँछौं । त्यसपछिको सात दशकभन्दा लामो उतारचढावपूर्ण यात्रामा नेपाली जनताको निरन्तर संघर्षकै प्रतिफलस्वरूप आज हामी लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल Read More …

भुक्तान हुन बाँकी कैद माफी मिनाहा

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, सर्वोच्च अदालतको मिति २०७७/४/१९ मा भएको परमादेशको आदेश, मुलुकी अपराध संहिता, २०७४ को दफा ४५ को उपदफा (४) तथा बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ३६ को उपदफा (४) र फौजदारी कसूर (कैद कट्टा) (पहिलो संशोधन) नियमावली, २०७६ को नियम ३ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा  मिति २०७८/११/७ गते देखि लागू हुने गरी प्रकाश शेर्पा फिनासा भन्ने फुर्वा शेर्पासमेत ५०१ (पाँच सय एक) जना कैदीहरुको भुक्तान हुन बाँकी कैद राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ को अवसरमा माफी मिनाहा  भएको छ । Read More …

सजाय माफी

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आङनिमा शेर्पासमेतका १२ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको सजाय माफी भएको छ । २०७८ साल फागुन ६ गते शुक्रबार । (सागर आचार्य) प्रवक्ता

राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त हुनुभएका श्री ज्ञानचन्द्र आचार्यले राष्ट्रपतिको कार्यालय, महाराजगञ्‍जमा आयोजित एक समारोहका बीच राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । उक्त अवसरमा माननीय परराष्ट्रमन्त्री डा. नारायण खड्काज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो । २०७८ साल फागुन ४ गते बुधबार । (सागर आचार्य) प्रवक्ता

महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष माननीय महान्यायाधिवक्ता श्री खम्मबहादुर खातीज्यूले नेपालको संविधानको धारा १५९ बमोजिम महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश गर्नु भएको  छ ।   २०७८ साल माघ २७ गते बिहीबार । (सागर आचार्य) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा दिनुभएको शुभकामना सन्देश

वसन्त पञ्चमी तथा सरस्वती पूजा शुभकामना सन्देश विद्या, बुद्धि, कला र संगीतको उन्नयनसँग गाँसिएको मौलिक पर्वका रूपमा मनाइने वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । वसन्त पञ्चमीलाई सरस्वती प्रकट भएको दिन अर्थात् सरस्वती जयन्ती मानेर सरस्वतीलाई विद्याकी देवीका रूपमा पूजा–आराधना गर्ने प्रचलन वैदिक कालदेखि नै चलिआएको छ । ऋग्वेदमा वाग्देवी अर्थात् वाणीकी देवी मानिएकी सरस्वती भएजस्तै बौद्ध सभ्यतामा ज्ञानका बुद्धलाई मन्जुश्रीका रूपमा उपासना गरिन्छ । ज्ञानका स्रोत मानिने पुस्तकसहित संगीतका वाद्ययन्त्र तथा रङ्ग–कलाका साधनलाई समेत सरस्वतीकै स्वरूप मानेर पूजा गर्ने परम्परा छ । वसन्त पञ्चमीले एकातिर ज्ञानमा अन्तर्निहित Read More …