भुक्तान हुन बाँकी कैद माफी मिनाहा

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, सर्वोच्च अदालतको मिति २०७७/४/१९ मा भएको परमादेशको आदेश, मुलुकी अपराध संहिता, २०७४ को दफा ४५ को उपदफा (४) तथा बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ३६ को उपदफा (४) र फौजदारी कसूर (कैद कट्टा) (पहिलो संशोधन) नियमावली, २०७६ को नियम ३ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा  मिति २०७८/११/७ गते देखि लागू हुने गरी प्रकाश शेर्पा फिनासा भन्ने फुर्वा शेर्पासमेत ५०१ (पाँच सय एक) जना कैदीहरुको भुक्तान हुन बाँकी कैद राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ को अवसरमा माफी मिनाहा  भएको छ ।

२०७८ साल फागुन ६ गते शुक्रबार ।

(सागर आचार्य)

प्रवक्ता