सम्माननीय राष्ट्रपतिज्यूले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको सन्दर्भमा दिनुभएको शुभकामना सन्देश

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस १ अक्टोबर २०१८ (२०७५ साल असोज १५)  को अवसरमा राष्ट्रका सम्पूर्ण आदरणीय ज्येष्ठ नागरिकहरूको शान्त, सुखी, स्वस्थ र सम्मानित जीवनको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । यस वर्षको ज्येष्ठ नागरिक दिवसको अवसरमा संयुक्त राष्ट्रसंघले “Celebrating Older Human Rights Champions” “ज्येष्ठ नागरिक अधिकार अभियन्ताको अभिनन्दन गरौँ” भन्ने सन्देश निर्धारण गरेको छ । यस सन्देशलाई सार्थक तुल्याउन हामीले सबै क्षेत्रमा ज्येष्ठ नागरिकको सम्मान गर्न जरूरी छ । यस अवसरमा म ज्येष्ठ नागरिकको हक अधिकारका लागि अमुल्य योगदान दिने सम्पूर्ण अभियन्ताहरूलाई उच्च सम्मान र आदर व्यक्त गर्दछु । यस दिवसको अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र Read More …

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष मित्रराष्ट्र भारतका मन्त्रीबाट शिष्टाचार भेट

आज मिति २०७५ साल असोज १२ गते शुक्रबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष मित्रराष्ट्र भारतका Petroleum & Natural Gas and Skill Development & Entrepreneurship मन्त्री H.E. Mr. Dharmendra Pradhan बाट शिष्टाचार भेट भयो । सो अवसरमा दुई देशबीच रही आएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो । सो अवसरमा नेपाल सरकार तथा भारत सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।    (छविन्द्र पराजुली) प्रवक्ता

कार्यभार तोक्नु भएको

आज मिति २०७५ साल असोज ६ गते शनिबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओलीज्यू संयुक्त राष्ट्र संघको ७३औं महासभामा भाग लिन एवम् मित्रराष्ट्र कोष्टारिकाको औपचारिक भ्रमणको सिलसिलामा सम्वत् २०७५ साल असोज ६ गते शनिबार संयुक्त राज्य अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्नु हुने भएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय उपप्रधानमन्त्री एवं रक्षा मन्त्री श्री ईश्वर पोखरेलज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ । (केशवप्रसाद घिमिरे) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त पदमा नियुक्त

आज मिति २०७५ साल असोज ४ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संवैधानिक परिषद्को सिफारिसमा हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यवाहक प्रमुख आयुक्त पदमा कार्यरत श्री नवीनकुमार घिमिरेज्यूलाई नेपालको संविधानको धारा २३८ को उपधारा (२) बमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त पदमा नियुक्त गर्नुभएको छ । आजै राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपतिज्यूको समुपस्थितिमा सर्वोच्च अदालतका सम्माननीय प्रधान न्यायाधीश श्री ओमप्रकाश मिश्रज्यूसमक्ष नवनियुक्त प्रमुख आयुक्तज्यूले आफ्नो पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ । उक्त अवसरमा सम्माननीय प्रधानमन्त्रीज्यू, प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यू, माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्रीज्यू, संवैधानिक निकायका प्रमुख एवम् Read More …

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू संविधान दिवस तथा राष्ट्रिय दिवस २०७५  का अवसरमा नेपालका लागि विभिन्न मित्रराष्ट्रहरुका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरुका लागि राष्ट्रपतिको कार्यालयद्वारा आज मिति २०७५ साल असोज ३ गते मंगलबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित साँस्कृतिक कार्यक्रम तथा रात्रिभोज कार्यक्रममा सरीक हुनुभयो । उक्त समारोहमा आमन्त्रित सबैलाई स्वागत गर्नुहुँदै सम्माननीय राष्ट्रपतिज्यूले राजनीतिक संक्रमणको अन्त्य भई लोकतन्त्रको संस्थागत विकास एवम् जनआकांक्षा अनुरुप देशको सर्वतोमुखी सामाजिक आर्थिक विकासलाई केन्द्रविन्दूमा राखी अघि वढ्न सवैलाई आह्वान समेत गर्नुभयो । सम्माननीय राष्ट्रपतिज्यूले विश्वका सबै राष्ट्रसँग सम्बन्ध विकास र सम्बन्ध अभिवृद्धि गर्न प्रतिवद्ध रहेको र संविधानको सर्वोच्चता, कानूनको शासन, मानव अधिकार र लोकतन्त्रका Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको राष्ट्रिय दिवस तथा संविधान दिवसका अवसरमा महामहिम राजदूत तथा कूटनीतिक नियोगप्रमुख दम्पत्तिका लागि आयोजना गर्नुभएको स्वागत समारोहमा दिनुभएको सम्वोधन

सम्माननीय प्रधानमन्त्री, सम्माननीय प्रधान न्यायाधीश, प्रतिनिधि सभाका सम्माननीय सभामुख, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष, माननीय मन्त्रीहरु, विशिष्ट महानुभावहरु, महामहिम राजदूत तथा नियोगप्रमुख दम्पत्ति, राष्ट्रसेवकहरु, भद्रमहिला तथा सज्जनवृन्द ! आज संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको सुखद उपलक्ष्यमा आयोजित यस कार्यक्रममा तपाइँहरु सबैलाई राष्ट्रपति भवन, शीतल निवासमा स्वागत गर्न पाउँदा मलाई खुशी लागेको छ । हामीले संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा स्वदेश तथा विदेशमा विशेष समारोहका साथ उल्लासपूर्वक मनाउँदै आएका छौँ । लोकतन्त्रका आधारभूत मान्यताहरु वाक तथा प्रकाशन स्वतन्त्रता, मौलिक हक, जनतामा निहित सार्वभौमसत्ता, मानव अधिकार  र सामाजिक न्यायका लागि नेपाली जनताको आकांक्षा र अथक संघर्षको प्रतिफलका रुपमा नेपालको Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाट विभिन्न महानुभावहरुलाई विभिन्न मानपदवी, अलङ्कार र पदक प्रदान

आज मिति २०७५ साल असोज २ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम संविधान दिवस, २०७५ को अवसरमा नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउनु भएका ५१८ जना महानुभावहरुलाई विभिन्न मानपदवी, अलङ्कार र पदक प्रदान गर्नु भएको  छ । मानपदवी नेपाल रत्न १ राष्ट्रगौरव महाउज्ज्वल राष्ट्रदीप ४ सुप्रसिद्ध प्रवल जनसेवा श्री १ उज्ज्वल कीर्तिमय राष्ट्रदीप २ प्रसिद्ध प्रवल जनसेवाश्री सुकीर्तिमय राष्ट्रदीप ३ सुप्रवल जनसेवा श्री ९६ कीर्तिमय राष्ट्रदीप १ प्रबल जनसेवा श्री १६२ राष्ट्रदीप जनसेवा श्री ७४ जम्मा ३४४ अलङ्कार १. परम पौरख भाष्कर ६ २. नेपाल प्रताप Read More …

संविधान दिवस तथा राष्ट्रिय दिवस २०७५ का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको सन्देश

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्राप्त भएको महत्वपूर्ण दिनको अवसरमा आज असोज ३ गते हामी हर्षोल्लासपूर्वक संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइरहेका छौँ । यस घडीमा म स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता, आपसी सद्‌भाव र सहकार्य कायम हुन सकोस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपालको संविधान जारी भएपश्चात संवैधानिक प्रावधानको मर्म र भावना बमोजिम स्थानीय तह र प्रदेश एवं संघीय संसदको निर्वाचनसम्पन्न भएको छ । बहुलवाद र बालिग मताधिकारका आधारमा भएको निर्वाचनबाट जननिर्वाचित संस्थाहरू गठन भई संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सृदृढ तुल्याउन महत्वपूर्ण Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयकहरु प्रमाणीकरण

आज मिति २०७५ साल असोज २ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका देहाय बमोजिमका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । क्र.सं. विधेयकको नाम 1 सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५ 2 सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, २०७५ 3 उपभोक्ता संरक्षण विधेयक, २०७५ 4 जनस्वास्थ्य सेवा विधेयक, २०७५ 5 आवासको अधिकार सम्बन्धी विधेयक, २०७५ 6 खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी विधेयक, २०७५ 7 वैयक्तिक गोपनीयता सम्बन्धी विधेयक, २०७५ 8 भूमि सम्बन्धी (सातौं संशोधन) विधेयक, २०७५ 9 अनिवार्य तथा निःशुल्क Read More …

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष ओहोदाको प्रमाणपत्र पेश

आज मिति २०७५ साल भाद्र २८ गते बिहीबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका मुलुकका महामहिम राजदूतहरुले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा माननीय परराष्ट्र मन्त्रीज्यूलागयत नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति रहेको थियो । महामहिम राजदूतहरुलाई काठमाडौंस्थित होटल साङ्ग्रीलादेखि शीतलनिवाससम्म बग्गीमा सवार गराइएको थियो । तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/ गैरआवासीय 1. फिनल्याण्ड H.E. Mr. Pertti Juhani Anttinen आवासीय 2. फ्रान्स H.E. Mr. Francois-Xavier LEGER आवासीय 3. अस्ट्रिया H.E. Ms. Brigitte Öppinger-Walchshofer गैरआवासीय 4. स्पेन H.E. Mr. Jose Ramon Baranano Fernandez गैरआवासीय (छविन्द्र पराजुली) प्रवक्ता