अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको सन्दर्भमा सम्माननीय राष्ट्रपतिज्यूको शुभकामना सन्देश

अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको सन्दर्भमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको शुभकामना सन्देश अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा सम्पूर्ण आदरणीय जेष्ठ नागरिकहरुको सुख, शान्ति एवम् सम्मानजनक जीवन यापनको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । जीवनका अधिकांश समय कृयाशील रही आफ्नो ज्ञान, सीप र अनुभवलाई समाजोपयोगी कार्यमा योगदान पुर्याउनु भएका जेष्ठ नागरिकहरु निश्‍चयनै राष्ट्रका अमूल्य सम्पत्ती हुन। तसर्थ जेष्ठ नागरिकको सीप मुलुक निर्माणमा प्रयोग गर्ने, जेष्ठ नागरिकबाट असल संस्कृती, संस्कार भावि पुस्तामा हस्तान्तरण गराउने, सभ्य समाज निर्माणमा जेष्ठ नागरिकको योगदानलाई स्वीकार गर्ने एवम् नयाँ पुस्ताले पुरानो पुस्तालाई सम्मान गर्ने वातावरण श्रृजना गर्नु नै जेष्ठ नागरिक दिवसको महत्व रहन्छ । नेपालको संविधानले जेष्ठ Read More …

सम्माननीय राष्ट्रपतिज्यूले बडा दशैंका अवसरमा दिनुभएको शुभकामना सन्देश

आम नेपालीहरुको महान चाड बडा दशैं २०७४ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक एवम् मंगलमय शुभकामना व्यक्त गर्दछु । सबै जातजाति र धर्मावलम्बीहरुको साझा फूलवारीको प्रतीकको रुपमा रहेका हाम्रा चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्‌भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान अनेकतामा एकता कायम गर्नमा महत्वपूर्ण योगदान गरेका छन् । विभिन्न जात-जाति, समुदाय, भूगोल र धर्माबलम्वीका विशिष्ट परम्पराहरु हाम्रा अनुपम सांस्कृतिक वैभव, धरोहर र सहिष्णुताका रुपमा रहेका छन् । महान पर्व वडादशैंले हिमाल-पहाड-तराई-मधेश तथा पूर्व मेची देखि पश्चिम महाकालीसम्म बसोबास Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाट भुक्तान हुन बाँकी कैदको सजाय माफी

आज मिति २०७४ साल असोज १३ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट मन्त्रिपरिषद्को सिफारिसमा  बडा दशैं, २०७४ को उपलक्ष्यमा कारागार नियमावली, २०२० को नियम २९ को उपनियम (१) र (२क), कारागार व्यवस्थापन कार्यविधि, २०७३  एवं सजाय माफी, मुल्तवी, परिवर्तन वा कम गर्ने सम्बन्धी कार्यविधि, २०७१ बमोजिम असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य देखिएका ४५६ (चारसय छपन्न) जना कैदीहरुको भुक्तान हुन बाँकी कैदको सजाय नेपालको संविधानको धारा २७६ बमोजिम माफी भएको छ । (मोहनप्रसाद वाग्ले) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष प्रस्तावित “कुमारी” बाट भेट

आज मिति २०७४ साल असोज १० गते मंगलबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष प्रस्तावित “कुमारी” श्री तृष्णा शाक्यले साक्षात्कार भेट गर्नुभयो । जिवित देवीका रुपमा परिचित र आसिन काठमाडौंका वर्तमान “कुमारी” उमेर हदका कारण प्रतिस्थापन गरी नव सुकन्यालाई काठमाडौंका “श्रीकुमारी” को रुपमा नियुक्ति, स्थापना एवं धार्मिक रुपमा वरण गर्न गुठी संस्थान सञ्चालक समितिको मिति २०७४/६/९ को बैठकको निर्णय भई प्रस्तावित कुमारीलाई सम्माननीय राष्ट्रपतिज्यूसमक्ष साक्षात्कारका निमित्त प्रस्तुत गरिएको थियो । उक्त भेटका अवसरमा गुठी संस्थानका अध्यक्ष, प्रशासक, कुमारी घरसँग सम्बन्धित व्यक्तिहरुको समेत उपस्थिति थियो । (कृष्ण मुरारी न्यौपाने) सहायक प्रवक्ता

प्रेस नोट

सम्माननिय राष्ट्रपतिज्यूबाट बडादशैं २०७४ को अवसरमा मिति २०७४ असोज १४ गते शनिबार विजयादशमीका दिन सम्माननिय राष्ट्रपतिज्यूको हातबाट टीका ग्रहण गर्न इच्छुक सम्माननियज्यूहरु, माननिय उपप्रधानमन्त्री एवम् मन्त्रीज्यूहरु, व्यवस्थापिका-संसदका माननीय सदस्यज्यूहरु लगायत विशिष्ट महानुभावज्यूहरुलाई अपरान्ह 2:०० बजेदेखि ३:०० बजे सम्म र अन्य इच्छुक महानुभावहरुका लागि अपरान्ह 3:०० बजे देखि टीकाको कार्यक्रम रहेको हुँदा सो दिन  शीतलनिवासको गेट नं. 1 को ढोका खुल्ला रहने व्यहोरा जानकारीको लागि अनुरोध छ । (मोहनप्रसाद वाग्ले) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यू सडक दुर्घटना हुनका कारण असर सम्बन्धी कार्यक्रममा सरिक

आज मिति २०७४ साल असोज ४ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू सडक दुर्घटनाबाट हुन गएको मानवीय क्षति सम्बन्धमा चिन्तित बन्‍नुभएको परिप्रेक्ष्यमा सडक दुर्घटना हुनुका कारण, असर र रोकथामको सन्दर्भमा कार्यालयबाट आयोजित कार्यक्रममा सरिक हुनुभयो । उक्त कार्यक्रममा सडक दुर्घटनाबाट भएको मानवीय क्षति न्यूनीकरण सम्बन्धमा भएका विषयहरुको जानकारी प्रस्तुत गरिएको थियो भने विद्यमान समस्या, प्राविधिक क्षमता, स्रोत साधन एवम् दक्षताबारे सहभागीहरुले आ-आफ्नो अवधारणा प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाट सबै सम्वद्ध पक्षहरुबीच समन्वय गरी पूर्वाधारको विकास, सचेतना र चालकमा उत्तरदायीपना विकास गरी दुर्घटना न्यून गराउन र मानवीय क्षति कम गर्ने गरी ठोस कदम चाल्न सुझाव दिनुभयो Read More …

संविधान दिवस एवम् राष्ट्रिय दिवस २०७४ का अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले गर्नुभएको सम्बोधन

सम्माननीय उपराष्ट्रपति, सम्माननीय कार्यवाहक प्रधानमन्त्री, सम्माननीय कायममुकायम प्रधानन्यायाधीश, सम्माननीय सभामुख, विशिष्ट महानुभावहरु, महामहिम राजदूत तथा नियोगप्रमुख दम्पतीहरु, भद्र महिला तथा सज्जनवृन्द ! आज नेपालको संविधान जारी भएको दोस्रो वर्ष पूरा भएको सुखद अवसरमा तपाइँहरु सबैलाई राष्ट्रपति भवनमा स्वागत गर्न पाउँदा मलाई हर्षको अनुभूति भएको छ । संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा स्वदेश तथा विदेशमा विशेष समारोहका साथ उल्लासपूर्वक मनाइँदैछ । लोकतन्त्र, वाकस्वतन्त्रता, मौलिक हक, जनतामा निहित सार्वभौमसत्ता, मानव अधिकार र सामाजिक न्यायसहितको द्रुततर आर्थिक सामाजिक रुपान्तरणका लागि नेपाली जनताको आकांक्षा र अथक संघर्षको प्रतिफलका रुपमा नेपालको संविधान रहेको छ । समाजवादउन्मूख अर्थव्यवस्था निर्माण गरी सम्पन्‍न नेपाल र सुखी नेपाली बनाउने Read More …

प्रेस विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू नेपालको राष्ट्रिय दिवसका रुपमा रहेको संविधान दिवस, २०७४  का अवसरमा नेपालका लागि विभिन्न मित्रराष्ट्रहरुका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरुका लागि राष्ट्रपतिको कार्यालयद्वारा आज मिति २०७४ साल असोज ३ गते मंगलबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित साँस्कृतिक कार्यक्रम तथा रात्रिभोज कार्यक्रममा सरीक हुनुभयो । उक्त समारोहमा आमन्त्रित सबैलाई राष्ट्रपति भवनमा स्वागत गर्नुहुँदै सम्माननीय राष्ट्रपतिज्यूले संविधानले राजनीतिक संक्रमण समाप्त गर्नुका साथै लोकतन्त्रको संस्थागत विकासका निमित्त स्थानीय, प्रादेशिक र सघीय निर्वाचनका लागि मार्गचित्र प्रदान गरेको र यसै अनुरुप स्थानीय निर्वाचनको तीन चरण पूरा भएको कुरा बताउनुहुँदै निकट भविष्यमा गरिन लागेको प्रादेशिक र सघीय निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको र Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाट सम्माननीय प्रधानमन्त्रीज्यूको कार्यभार तोक्नु भएको

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले आज मिति २०७४ साल असोज ३ गते मंगलबारका दिन सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यू संयुक्त राष्ट्र संघको ७२औं महासभामा भाग लिने एवं मित्रराष्ट्र ओमानको औपचारिक भ्रमण गर्ने सिलसिलामा सम्वत् २०७४ साल असोज ३ गते मंगलबार संयुक्त राज्य अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्नु हुने भएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय उपप्रधानमन्त्री एवं सङ्‌घीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ । (मोहनप्रसाद वाग्ले) प्रवक्ता

संविधान दिवस तथा राष्ट्रिय दिवस २०७४ का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको सन्देश

नेपाली जनताको लामो संघर्ष, वलिदान र प्रतिक्षापछि संविधान सभाबाट निर्मित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्राप्त भएको दिन आज असोज ३ गते तेस्रो संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता, सहकार्य एवम् आपसी सद्‍भाव कायम हुन सकोस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपाल अहिले एक महत्वपूर्ण ऐतिहासिक चरणमा रहेको छ । संविधान जारी भएपछि सम्पन्‍न गर्नु पर्ने स्थानिय तहको निर्वाचन सम्पन्‍न भैसकेको छ भने प्रादेशिक र संघीय निर्वाचन घोषणा भएर त्यसको तयारीमा हामी जुटिरहेका छौँ ।यी सवै निर्वाचनले राज्य संचालनका Read More …