सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सहिद दिवस, २०७७ को अवसरमा दिनुभएको सन्देश

सहिद दिवस, २०७७ को सन्देश सहिद दिवस, २०७७ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने महान् सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्‍ठ लगायत  सम्पूर्ण अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । नेपाली जनतालाई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन इतिहासका विभिन्न कालखण्डमा निरङ्कुश र तानाशाही शासन व्यवस्थाविरूद्ध भएका आन्दोलनहरूमा आफ्नो जीवन बलिदान गर्ने वीर वीरङ्गनाहरूप्रति सम्मान व्यक्त गर्दै हरेक वर्ष माघ १६ गतेलाई सहिद दिवसको रूपमा हामीले मनाउँदै आएका छौं । आफ्नो अमूल्य  जीवनलाई जनता र राष्ट्रको हितका खातिर समर्पण गर्नु नै सहादत हो । सहिद दिवसले हामीलाई Read More …

सम्माननीय राष्ट्रपतिज्यूले कोभिड-१९ विरूद्धको खोप शुभारम्भका अवसरमा दिनुभएको सन्देश

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, कोभिड-१९को विश्‍वव्यापी महामारीले मानव सभ्यता र विकासलाई चुनौती दिइरहेको छ।यस महामारीबाट लाखौँ व्यक्तिहरूले ज्यान गुमाउनु परेको छ भने करोडौँ व्यक्तिहरू प्रभावित भएका छन्।यसको प्रभावबाट हाम्रो देश पनि अछुतो रहन सकेन। कोभिड-१९ विरूद्धको अभियानमा अग्रपङ्‍तिमा रही सेवा प्रदान गर्नुहुने डाक्टर, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाई कर्मचारी लगायत सबैमा हार्दिक आभार व्यक्त गर्दछु।यसैगरी उहाँहरूका लागि सहज वातावरण सिर्जना गर्ने परिवारका सदस्य र समुदायप्रति सम्मान व्यक्त गर्दछु। यो महामारीलाई नियन्त्रण गर्नका लागि भएका वैज्ञानिक प्रयासका कारण प्रभावकारी खोपको विकास भई उत्पादन समेत हुन थालेको छ।यसबाट विश्‍वभरि नयाँ आशा र विश्‍वासको सञ्‍चार भएको छ।खोपको अनुसन्धान तथा विकास गर्ने वैज्ञानिक र खोप Read More …

राजदूत पदमा नियुक्त

आज मिति २०७७ साल माघ ५ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा श्री लोकदर्शन रेग्मीलाई संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।   (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष वार्षिक प्रतिवेदन पेश

आज मिति २०७७ साल माघ ५ गते सोमबारका दिन राष्ट्रपतिको कार्यालय, राष्ट्रपति भवनमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष निर्वाचन आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त श्री दिनेश कुमार थपलियाज्यूले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम निर्वाचन आयोगको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेश गर्नु भएको  छ । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले माघे संक्रान्ति एवम् माघी पर्वको अवसरमा दिनुभएको शुभकामना सन्देश

माघे संक्रान्ति एवम् माघी पर्वको शुभकामना सन्देश नेपालका विभिन्न जातजाति तथा समुदायहरूद्वारा मनाइने माघे संक्रान्ति एवम् माघी पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, आरोग्य र प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर संक्रान्ति‘ पनि भनिन्छ । माघे संक्रान्ति पर्वलाई नेपालका विभिन्न समुदायले आ-आफ्नो भाषा, संस्कृति र परम्पराअनुसार फरक-फरक नामका साथ भिन्दाभिन्दै शैलीमा हर्षोल्लासपूर्वक मनाउने गर्दछन् । यस पर्वमा विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाअर्चना गरेपछि आ-आफ्नो समुदायको संस्कृतिअनुसार तरुल, सेलरोटी, घिउ-सख्खर, तिलको लड्डु, Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले पृथ्वीनारायण शाहको २९९औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा दिनु भएको शुभकामना सन्देश

पृथ्वीनारायण शाहको २९९औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभकामना सन्देश २९९औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपाल विश्व मानचित्रमा सदैव एक स्वाधीन र सार्वभौम राष्ट्रको रूपमा रहिआएको छ । वि.सं. १७७९ पौष २७ गते जन्मिनुभएका तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको जग बसालेको तथ्य हामी सबैमा विदितै छ । विविध धर्म, संस्कृति, भाषा र परम्परालाई संरक्षण गरी सबल राष्ट्रिय एकता निर्माण गर्ने फराकिलो आधारभूमि नेपाल एकीकरणले तयार गरेको थियो । बहुलताबीच सद्‌भावपूर्ण एकता हाम्रो Read More …

नेपाल सरकारको तथा राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश

आज मिति २०७७ साल पुस २३ गते, बिहीबारका दिन राष्ट्रपति भवनमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूले नेपालको संविधानको धारा ५३ बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा तथा सुशासन (व्यवस्थापन तथा संचालन) ऐन, २०६४ को दफा ४१ बमोजिम आर्थिक वर्ष २०७६/०७७ मा नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन पेश गर्नु भयो। त्यसैगरी सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्षज्यूले नेपालको संविधानको धारा २६६ को उपधारा (३) बमोजिम राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो । सो अवसरमा माननीय गृहमन्त्री श्री रामबहादुर थापाज्यू, माननीय अर्थमन्त्री Read More …