सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले विश्व बाघ दिवस सन् २०२३ को अवसरमा दिनुभएको सन्देश

विश्व बाघ दिवस सन् २०२३ को शुभकामना सन्देश आज जुलाई २९ तारिखलाई विश्व बाघ दिवसका रूपमा  विश्वभरि मनाइदैँछ । यस अवसरमा प्रकृतिको सुन्दर प्राणी बाघको संरक्षणका लागि सम्वद्ध सबैलाई थप प्रेरणा मिलोस् भन्ने कामनासहित हार्दिक शुभकामना व्यक्त गर्दछु । सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनले हरेक वर्ष २९ जुलाईका दिनलाई अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने घोषणा गरेअनुरुप आज नेपालमा पनि यो दिवस मनाउन गइरहेका छौं । यसै सन्दर्भमा नेपालले पनि उक्त प्रतिवद्धता अनुरूप बाघको सङ्ख्या करिब तेब्बर वृद्धि गरी सन् २०२२ मा रुसकै भ्लादिभोस्तोक शहरमा भएको दोस्रो बाघ सम्मेलन मार्फत आफ्नो मुलुकको उपलब्धि अन्तर्राष्ट्रिय जगतमा प्रस्तुत गरेको Read More …

विधेयक प्रमाणीकरण

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ: क्र.सं. विधेयकको नाम प्रमाणीकरण मिति १. मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० २०८०/४/१२ २०८० साल साउन १२ गते शुक्रबार ।   (शैलजा रेग्मी भट्टराई) प्रवक्ता  

H.E. Mr. Yuan Jiajun बाट शिष्टाचार भेट

विज्ञप्ति सम्माननीय राष्ट्रपति  श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपाल भ्रमणमा रहनुभएका मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका CPC केन्द्रीय कमिटिका राजनीतिक ब्युरोका सदस्य तथा Chongqing Municipality Committee का सचिव  H.E. Mr. Yuan Jiajun ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रही आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा छलफल भयो । भेटका अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले ऐतिहासिक कालदेखि नै नेपाल र चीन असल छिमेकी रहेको र यस प्रकारको उच्च तहको भ्रमणले दुई देशबीच रही आएको बहुआयामिक सम्बन्धलाई अझ सुदृढ तुल्याउन मद्दत पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । २०८० साल साउन ७ गते आइतबार (लीलाकान्त पौडेल) सहायक प्रवक्ता  

कार्यभार तोक्नु भएको

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूबाट सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल “प्रचण्ड”ज्यू  संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको मुख्यालय इटलीको रोममा आयोजना हुने United Nations Food Systems 2023 Stocktaking Moment मा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सहभागी हुन सम्वत् २०८० साल साउन ६ गते शनिबार त्यसतर्फ प्रस्थान गर्नु हुने भएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय उपप्रधानमन्त्री एवं रक्षा मन्त्री श्री पूर्णबहादुर खड्काज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ। २०८० साल साउन ६ गते शनिबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष सर्वोच्च अदालतका सम्माननीय प्रधान न्यायाधीश तथा न्याय परिषद् एवं न्याय सेवा आयोगका सम्माननीय अध्यक्ष श्री हरिकृष्ण कार्कीज्यूले नेपालको संविधानको धारा १३८ बमोजिम सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पेश गर्नु भएको छ । २०८० साल असार ३१ गते आइतबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

विधेयक प्रमाणीकरण

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संघीय संसदबाट पारित भई नेपालको संविधानको धारा ११३ को उपधारा (१) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएका देहायका विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नु भएको छः क्रम संख्या विधेयकको नाम १ विनियोजन विधेयक, २०८० २ आर्थिक विधेयक, २०८० ३   राष्ट्र ऋण उठाउने विधेयक, २०८० २०८० साल असार ३१ गते आइतबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले आदिकवि भानुभक्त आचार्यको २१० औं जन्मजयन्तीको अवसरमा दिनुभएको सन्देश

आदिकवि भानुभक्त आचार्यको २१० औं जन्मजयन्तीको सन्देश आज हामी नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती मनाइरहेका छौँ । नेपाली भाषा, साहित्य र संस्कृतिको संवर्द्धनका निम्ति भानुभक्तको योगदान अतुलनीय छ । भानुभक्तले नेपाली भाषालाई काव्यभाषाका रूपमा समुन्नत तुल्याएका छन् । उनका कविताको प्रसारसँगै नेपालको बहुभाषिक र बहुसांस्कृतिक समाजमा राष्ट्रिय एकताको भावना सुदृढ हुँदै गएको छ । आदिकवि भानुभक्तले अत्यन्त सरल र रोचक ढङ्गले  नेपालीमा लेखेको रामायण सबै नेपालीले सरल ढङ्गले पढ्न सक्ने हुँदा यसबाट हिमाल, पहाड र तराईका जनताबीच भावनात्मक  एकता अभिवृद्धि भएको छ । भानुभक्तीय रामायण नेपालीलाई एकताको सूत्रमा बाँध्ने एउटा महत्त्वपूर्ण रचना हो । यस रचनाको माध्यमले देशलाई Read More …