सम्माननीय राष्ट्रपतिज्यूबाट व्यक्त ग्याल्बो ल्होसार, २०७६ को शुभकामना सन्देश

ग्याल्बो ल्होसार, २०७६ को शुभकामना सन्देश नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने आदिवासी शेर्पा लगायत महायानी बौद्ध धर्मावलम्बी समुदायले फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षको रूपमा मनाउने ग्याल्बो ल्होसार पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने महायानी बौद्ध धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु । यस पर्वमा ग्याल्बो ल्होसार मान्‍ने समुदायले आफ्नो घर तथा गाउँटोलको सरसफाई गर्ने, पुरानो ध्वजाको ठाउँमा नयाँ ध्वजा राख्‍ने, नौ प्रकारका अन्‍न मिसाइएको परिकार गुथुक र खाप्से जस्ता मीठो परिकारका साथमा चाङ्कोल पिउँदै नाचगान गर्ने र आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने गर्दछन् । हाम्रो देश प्राकृतिक, Read More …

कार्यभार तोक्नु भएको

आज मिति २०७6 साल फागुन ८ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूले मौजुदा मन्त्रिपरिषद्का माननीय सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्री गोकुलप्रसाद वाँस्कोटाले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आफ्नो पदबाट राजीनामा दिनुभएकोले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा निजले सम्हाल्दै आउनुभएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार माननीय अर्थमन्त्री डा. युवराज खतिवडाले र सहरी विकास मन्त्रालयको कार्यभार माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ्‌गले सम्हाल्ने गरी तोक्नु भएको छ ।   (हरि प्रसाद दहाल) प्रवक्ता

सम्मानीय राष्ट्रपतिज्यूबाट व्यक्त राष्ट्रिय प्रजातन्त्र दिवस, २०७६ को शुभकामना सन्देश

राष्ट्रिय प्रजातन्त्र दिवस, २०७६ को शुभकामना सन्देश राष्ट्रिय प्रजातन्त्र दिवस, २०७६ को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। यस दिवसले सबैलाई प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसात गर्दै अघि बढ्ने उत्प्रेरणा प्रदान गरोस् भन्‍ने कामना गर्दछु । आज प्रजातन्त्र दिवस मनाइरहँदा प्रजातन्त्रका लागि भएको संघर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात-अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्‍जली अर्पण गर्दछु । निरङ्‍कुशता विरूद्धको बलिदानीपूर्ण संघर्षको परिणामस्वरूप मानवअधिकार तथा राजनैतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष फागुन ७ गतेलाई राष्ट्रिय प्रजातन्त्र दिवसको रूपमा मनाउँदै आइएको छ । नेपाली जनताको चाहना मुलुकको आर्थिक-सामाजिक Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाट कैदीहरुको बाँकी कैद कट्टा/ माफी मिनाहा

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७६ , फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा मिति २०७६/११/७ गते देखि लागू हुने गरी प्रकाश थेवेसमेतका ३२९ (तीन सय उनन्तीस) जना कैदीहरुको बाँकी कैद कट्टा/ माफी मिनाहा भएको छ ।   २०७६ साल फागुन ६ गते मंगलबार   (हरि प्रसाद दहाल) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यू समक्ष नवनियुक्त माननीय मन्त्रीबाट पद तथा गोपनीयताको शपथ

आज मिति २०७६ साल फागुन ५ गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नवनियुक्त माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङफेज्यूले नेपालको संविधानको धारा ८० बमोजिम पद तथा गोपनीयताको शपथ लिनु भयो ।   (हरि प्रसाद दहाल) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट मन्‍त्री पदमा नियुक्त

आज मिति २०७६ साल फागुन ५ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री के. पी. शर्मा ओलीज्यूको नेतृत्वमा मिति २०७४/११/३ गते गठित मौजुदा मन्त्रिपरिषद्‍मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा माननीय डा. शिवमाया तुम्बाहाङफेज्यूलाई मन्त्री पदमा नियुक्त गरी हाल माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री श्री भानुभक्त ढकालज्यूले सम्हाल्दै आउनुभएको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नु भएको छ । (हरि प्रसाद दहाल) प्रवक्ता  

सम्माननीय राष्ट्रपतिज्यू समक्ष ओहोदाको प्रमाणपत्र पेश

आज मिति २०७६ साल फागुन १ गते, बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिम मुलुकका महामहिम राजदूतहरूले राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहबीच आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा माननीय परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यू लगायत नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो । तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/गैरआवासीय 1. गणतन्त्र आयरल्याण्ड H.E. Mr. Brendan Ward गैरआवासीय 2. गणतन्त्र आर्मेनिया H.E. Mr. Armen Martirosyan गैरआवासीय 3. आइसल्याण्ड H.E. Mr. Gudmundur Arni Stefansson गैरआवासीय   (हरि प्रसाद दहाल) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यू समक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

आज राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष निर्वाचन आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त श्री दिनेश कुमार थपलियाज्यूले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम निर्वाचन आयोगको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पेश गर्नु  भयो । उक्त अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले नेपालमा लोकतन्त्रको संस्थागत विकास र सुदृढीकरणमा निर्वाचन आयोगले पुर्‍याउँदै आएको योगदानको सराहना गर्नु भयो । साथै, संवैधानिक दायित्व अन्तर्गत निर्वाचन आयोगले आफ्नो प्रतिवेदन बुझाएकोमा धन्यवाद समेत दिनुभयो ।   (हरि प्रसाद दहाल) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक प्रमाणीकरण

आज मिति २०७६ साल माघ २८ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको  दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका तपसिल बमोजिमका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । क्र.सं. विधेयकको नाम 1 भूमि सम्बन्धी (आठौं संशोधन) विधेयक २ प्रहरी समायोजन विधेयक ३ नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) विधेयक ४ राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक ५ औद्योगिक व्यवसाय विधेयक ६ राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) विधेयक   (हरि प्रसाद दहाल) प्रवक्ता