सम्माननीय राष्ट्रपतिज्यू समक्ष ओहोदाको प्रमाणपत्र पेश

आज मिति २०७६ साल फागुन १ गते, बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिम मुलुकका महामहिम राजदूतहरूले राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहबीच आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा माननीय परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यू लगायत नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।

तपसिल

क्र.सं. मुलुक राजदूत आवासीय/गैरआवासीय
1. गणतन्त्र आयरल्याण्ड H.E. Mr. Brendan Ward गैरआवासीय
2. गणतन्त्र आर्मेनिया H.E. Mr. Armen Martirosyan गैरआवासीय
3. आइसल्याण्ड H.E. Mr. Gudmundur Arni Stefansson गैरआवासीय

 

(हरि प्रसाद दहाल)

प्रवक्ता