सम्माननीय राष्ट्रपतिज्यूले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको सन्दर्भमा दिनुभएको शुभकामना सन्देश

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको शुभकामना सन्देश अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस १ अक्टोबर २०१९ (२०७६ साल असोज १४)  को अवसरमा राष्ट्रका सम्पूर्ण आदरणीय ज्येष्ठ नागरिकहरूको सुखी, स्वस्थ र सम्मानित जीवनको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । यस वर्षको ज्येष्ठ नागरिक दिवसको अवसरमा संयुक्त राष्ट्रसंघले “THE JOURNEY TO AGE EQUALITY” भन्ने अन्तर्राष्ट्रिय नारा निर्धारण गरेको छ । उक्त नाराले दिने सन्देशलाई सार्थक तुल्याउन हामीले सबै क्षेत्रमा ज्येष्ठ नागरिकको सम्मान गर्न जरूरी छ । यस अवसरमा म ज्येष्ठ नागरिकको हक अधिकारका लागि अमूल्य योगदान दिने सम्पूर्ण ज्येष्ठ नागरिक तथा अभियन्ताहरूलाई उच्च सम्मान र आदर व्यक्त गर्दछु । यस दिवसको अवसरमा महिला, बालबालिका तथा Read More …

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नेपालका लागि श्रीलंकाका राजदूतबाट विदाई भेट

आज मिति २०७६ साल असोज ९ गते बिहीबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि श्रीलंकाका राजदूत H.E. Ms. W.S. Perera ले विदाई भेट गर्नुभयो । सो अवसरमा श्रीलंका र नेपालबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकार तथा नेपालस्थित श्रीलंकाको राजदूतावासका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो ।    (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

राजदूत पदमा नियुक्त

आज मिति २०७६ साल असोज ९ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा श्री दावा फुटी शेर्पालाई स्पेनका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।   (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट “जितीया पर्व, २०७६” का अवसरमा ब्यक्त शुभकामना सन्देश

जितीया पर्व, २०७६ को शुभकामना सन्देश नेपाली नारीहरुको विशेष पर्व जितीयाको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका जितीया पर्व मनाउनु हुने सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा हर्षोल्लास, सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्‍भाव एवं सुस्वास्थ्य र दीर्घ जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछु। यस पर्वमा नारीहरुले परिवारजनको सुस्वास्थ एवम् समृद्धिको कामना गर्दै ब्रत बसेर पूजा आराधना गर्ने प्रचलन रहेको छ ।बहुजाति, बहुभाषा, बहुसंस्कृति जस्ता विविधतायुक्त विशेषताले हाम्रो मुलुकमा मनाइने बिभिन्न चाडपर्वहरुलार्इ मौलिक तुल्याएका छन्।  नेपाली मौलिक साँस्कृतिक सम्पदाको सम्वर्द्धन गर्दै संस्कारयुक्त आदर्श सामाजिक वातावरण सृजना गर्न र सदाचार जीवनशैली अपनाउनका लागि यस्ता चाडपर्वहरूको गरिमालाई सम्मानजनक बनाई निरन्तरता दिनु आवश्यक छ । अन्तमा, Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाट व्यक्त सम्बोधन

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको राष्ट्रिय दिवस तथा संविधान दिवसका अवसरमा महामहिम राजदूत तथा कूटनीतिक नियोगप्रमुख दम्पत्तिका लागि आयोजना गर्नुभएको स्वागत समारोहमा दिनुभएको सम्वोधन शीतलनिवास, काठमाडौँ दिगो शान्ति, स्थायित्व तथा न्याय, समानता, विकास, समावेशी लोकतन्त्र र गणतन्त्रात्मक शासन व्यवस्थाको लागि नेपाली जनताको निरन्तर संघर्ष एवं जनआन्दोलनको परिणामस्वरूप वि.सं २०७२ सालमा आजकै ऐतिहासिक दिनमा नेपालको संविधान जारी भएको हो । राष्ट्रिय दिवस तथा संविधान दिवसको यस पुःनीत अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु । सदा सार्वभौम र स्वतन्त्र मुलुकका नेपाली जनताले यस दिनलाई राष्ट्रिय पर्वका रूपमा मनाईरहँदा हामी गौरवान्वित भएको महशुस गर्दछौँ । लोकतन्त्र स्थापित गर्ने अनवरत संघर्षमा नेपाल आमाका Read More …

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७६  का अवसरमा राष्ट्रपतिको कार्यालयद्वारा आज मिति २०७६ साल असोज ३ गते शुक्रबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष कार्यक्रममा सरिक हुनुभयो। उक्त कार्यक्रममा सम्बोधन गर्नुहुँदै सम्माननीय राष्ट्रपतिज्यूले राजनीतिक संक्रमणको अन्त्य भई लोकतन्त्रको संस्थागत विकास एवम् जनआकांक्षा अनुरुप देशको सर्वतोमुखी सामाजिक आर्थिक विकासलाई केन्द्रविन्दूमा राखी अघि वढ्न सवैलाई आह्वान गर्नुभयो । सम्माननीय राष्ट्रपतिज्यूले नेपाल विश्वका सबै राष्ट्रसँग सम्बन्ध विकास गर्न प्रतिवद्ध रहेको र संविधानको सर्वोच्चता, कानूनको शासन, प्रेस स्वतन्त्रता, मानव अधिकार र समावेशी लोकतन्त्रका मूल्य मान्यताप्रति सदा दृढ रहेको बताउनु हुँदै लोकतन्त्रको स्थापना र संस्थागत विकास तथा देशको सामाजिक, आर्थिक Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाटकैदको सजाय कट्टा

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७६ , फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा भीमबहादुर शेर्पासमेतका 260 (दुई सय साठी) जना कैदीहरुको भुक्तान हुन बाँकी कैदको सजाय कट्टा गर्नु भएको छ ।    (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता २०७६ साल असोज 3 गते शुक्रबार                       

सम्माननीय राष्ट्रपतिज्यूबाट सजाय माफी

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७६, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को  सिफारिसमा रामकिशोर साह तेलीसमेत 22 (बाइस) जना व्यक्तिहरुलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद, दण्ड, जरिवाना, बिगो, सर्वस्व लगायतको सजाय माफी गर्नु  भएको छ ।    (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता २०७६ साल असोज 3 गते शुक्रबार                       

सम्माननीय राष्ट्रपतिज्यूबाट विभूषण (मानपदवी, अलंकार र पदक) प्रदान

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम संविधान दिवस, २०७६ को अवसरमा नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा 634 जना महानुभावहरुलाई विभूषण (मानपदवी, अलंकार र पदक) प्रदान गर्नु भएको छ । मानपदवी महाउज्ज्वल राष्ट्रदीप 2 सुप्रसिद्ध प्रवल जनसेवा श्री 7 उज्ज्वल कीर्तिमय राष्ट्रदीप  1 सुकीर्तिमय राष्ट्रदीप 8 सुप्रवल जनसेवा श्री 113 कीर्तिमय राष्ट्रदीप 7 प्रबल जनसेवा श्री 202 जनसेवा श्री 110 जम्मा 450 अलङ्कार १. नेपाल सेवा प्रवीण 7 २. परम पौरख भाष्कर 1 ३. नेपाल प्रताप सुभूषण 30 ४. अतिपौरख भाष्कर 20 ५. नेपाल प्रताप आभूषण 23 ६. समाजसेवा रत्न 16 ७. महा पौरख भाष्कर Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट “संविधान दिवस तथा राष्ट्रिय दिवस,२०७६” को अवसरमा व्यक्त शुभकामना सन्देश

 संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७६ को शुभकामना सन्देश नेपालको इतिहासमा पहिलो पटक संविधानसभाबाट विक्रम सम्बत् २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण र जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान स्वरूप आज संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता, सहकार्य एवम् आपसी सद्‍भाव कायम हुन सकोस्, भनी हार्दिक शुभकामना व्यक्त गर्दछु। नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात गर्दै मानवअधिकार प्रेस स्वतन्त्रता र समावेशी लोकतन्त्रलाई प्रत्याभूत गरेको छ । तीन तहका सरकारहरू संचालनमा आएसँगै त्यस अनुरुप संरचनाहरु Read More …