सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले तमु ल्होसार पर्व, २०८० को अवसरमा दिनुभएको शुभकामना सन्देश

तमु ल्होसार पर्व, २०८० को शुभकामना सन्देश गुरुङ समुदायको महान् चाड ‘तमु ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपालका हिमाली र उच्च पहाडी भेगमा बसोबास गर्ने गुरुङ समुदायद्वारा तमु ल्होसार पर्वलाई नयाँ वर्ष सुरूभएको अवसरको रूपमा पुरानो वर्षलाई बिदाई र नयाँ वर्षलाई स्वागत गर्दै हर्षोल्लासका साथ यो पर्व मनाउने चलन छ । गुरुङ समुदायको बाहुल्यता रहेका विभिन्न जिल्लाहरूमा यो पर्व धुमधामसँग मनाउने गरिन्छ । नेपालको साँस्कृतिक परम्पराको संरक्षण तथा संवर्द्धन गर्दै पर्यटन प्रवर्द्धनमार्फत आर्थिक र सामाजिक रूपमा समृद्ध मुलुक निर्माण गर्न समेत गुरुङ समुदायले निर्वाह Read More …

नवनियुक्त राजदूतबाट शपथ ग्रहण

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष थाईल्याण्ड अधिराज्यका लागि नेपालका आवासीय नवनियुक्त राजदूत श्री धनबहादुर वलीले राष्ट्रपतिको कार्यालय, महाराजगञ्‍जमा आयोजित एक समारोहका बीच राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । उक्त अवसरमा माननीय परराष्ट्र मन्त्री श्री नारायण प्रकाश साउदज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो । २०८० साल पुस १२ गते बिहीबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

नेपालका लागि जापानका राजदूतबाट शिष्टाचार भेट

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष नेपालका लागि जापानका राजदूत H.E. Mr. KIKUTA Yutaka ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा उहाँले मित्रराष्ट्र जापानले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा स्वतन्त्रताको लागि व्यक्त गरेको निशर्त सम्मानका लागि नेपालीले खुला दिलले प्रशंसा गरेको कुरा व्यक्त गर्दै नेपालको सामाजिक तथा आर्थिक विकासको क्षेत्रमा जापानले लामो समयदेखि पुर्‍याइआएको सहयोगका लागि धन्यवादसमेत व्यक्त गर्नुभयो । २०८० साल पुस १२ गते बिहीबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८० को अवसरमा दिनुभएको शुभकामना सन्देश

राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८० को शुभकामना सन्देश राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८०  को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका  सम्पूर्ण जेष्ठ नागरिकहरूमा सुस्वास्थ्य, दीर्घायु एवम् मर्यादित जीवनयापनको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । वि. सं. २०५१ साल पुस ११ गते ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरू गरिएको दिनलाई स्मरण गर्दै नेपाल सरकारको निर्णय बमोजिम  पुस ११ गतेलाई राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सुरू गरिएको हो । यस वर्ष पनि “ज्येष्ठ नागरिकको सम्मान, हाम्रो सभ्यताको पहिचान” भन्ने नाराका साथ ज्येष्ठ नागरिकको हक, हित तथा अधिकारको संरक्षण र सम्वर्द्धनका लागि विभिन्न कार्यक्रमहरू आयोजना गरी हामी यो दिवस मनाउन गइरहेका Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले उधौली पर्व, २०८० को अवसरमा दिनुभएको शुभकामना सन्देश

उधौली पर्व, २०८० को शुभकामना सन्देश किराँत समुदायको महान् पर्व उधौलीको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । किराँत समुदायका मूलत राई, लिम्बु, सुनुवार र याख्खाहरूले उधौली पर्व परम्परागत भेषभूषा लगाई सार्वजनिक स्थलमा भेला भएर सामुहिक रूपमा साकेला नृत्य गर्दै विविध कार्यक्रम गर्दै मनाउने गर्दछन् । उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्दछ । यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृ पूजा गरिनुका साथै अन्नको सह बनोस् भन्ने कामनासहित भूमिको पूजा गर्ने गरिन्छ । प्रकृतिसँग अभिन्‍न Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले क्रिसमस डे, २०२३ को अवसरमा दिनुभएको शुभकामना सन्देश

क्रिसमस डे, २०२३ को शुभकामना सन्देश इसाई धर्मावलम्बीहरूको महान् पर्व ‘क्रिसमस डे’ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवम् सुस्वास्थ्यको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । इसाई धर्मका अनुयायीहरूद्वारा जिसस क्राइस्टको जन्मदिनको अवसरमा हरेक वर्ष डिसेम्बर २५ तारिखको दिनलाई धार्मिक एवम् साँस्कृतिक उत्सवका रूपमा विभिन्न कार्यक्रमहरूको आयोजना गरी क्रिसमस डे मनाउने गरिएको छ । विभिन्न स्थानमा विविध कार्यक्रमहरूको आयोजना गरी यो पर्व मनाउने गरिएको छ । यस्ता चाडपर्वहरूको माध्यमबाट विविध साँस्कृतिक पहिचान एवम् धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्‌भाव, सहिष्णुता र ऐक्यवद्धताको भावना अभिवृद्धि हुनाका साथै राष्ट्रिय एकतालाई थप मजबुत Read More …

निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष निर्वाचन आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त श्री दिनेश कुमार थपलियाज्यूले नेपालको संविधानको धारा २९४ बमोजिम निर्वाचन आयोगको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेश गर्नु भएको छ । २०८० साल पुस ६ गते शुक्रबार । (कृष्णप्रसाद लम्साल) सहसचिव

लोकतान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका परराष्ट्रमन्त्रीबाट शिष्टाचार भेट

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष लोकतान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका परराष्ट्रमन्त्री H.E. Mr. Mohamed Uvais Mohamed Ali Sabry, PC, MP ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो। सो अवसरमा नेपाल र लोकतान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो। २०८० साल पुस ६ गते शुक्रबार । (कृष्णप्रसाद लम्साल) सहसचिव

सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूबाट नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा देहाय बमोजिमका न्यायाधीश तथा वरिष्ठ अधिवक्ताहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति गर्नुभएको छ । नाम, थर र वतन हाल कार्यरत पद र अदालत/वरिष्ठ अधिवक्ता, प्र.प.नं. नियुक्ति गरिएको पद र अदालत श्री सारङ्गा सुवेदी न्यायाधीश, उच्च अदालत जनकपुर न्यायाधीश, सर्वोच्च अदालत श्री अब्दुल अजिज मुसलमान न्यायाधीश, उच्च अदालत पाटन, हेटौंडा इजलास न्यायाधीश, सर्वोच्च अदालत श्री महेश शर्मा पौडेल न्यायाधीश, उच्च अदालत पाटन न्यायाधीश, सर्वोच्च अदालत श्री टेकप्रसाद ढुङ्गाना न्यायाधीश, उच्च अदालत पाटन न्यायाधीश, सर्वोच्च अदालत श्री सुनिल कुमार पोखरेल वरिष्ठ अधिवक्ता, प्रमाणपत्र नम्वर ५०० Read More …

नेपालका आवासीय राजदूत पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा श्री धनबहादुर वलीलाई थाईल्याण्ड अधिराज्यका लागि नेपालका आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ। २०८० साल पुस २ गते सोमबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता