नवनियुक्त राजदूतबाट शपथ ग्रहण

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष थाईल्याण्ड अधिराज्यका लागि नेपालका आवासीय नवनियुक्त राजदूत श्री धनबहादुर वलीले राष्ट्रपतिको कार्यालय, महाराजगञ्‍जमा आयोजित एक समारोहका बीच राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । उक्त अवसरमा माननीय परराष्ट्र मन्त्री श्री नारायण प्रकाश साउदज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

२०८० साल पुस १२ गते बिहीबार ।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता