नेपालका लागि जापानका राजदूतबाट शिष्टाचार भेट

विज्ञप्‍ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष नेपालका लागि जापानका राजदूत H.E. Mr. KIKUTA Yutaka ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा उहाँले मित्रराष्ट्र जापानले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा स्वतन्त्रताको लागि व्यक्त गरेको निशर्त सम्मानका लागि नेपालीले खुला दिलले प्रशंसा गरेको कुरा व्यक्त गर्दै नेपालको सामाजिक तथा आर्थिक विकासको क्षेत्रमा जापानले लामो समयदेखि पुर्‍याइआएको सहयोगका लागि धन्यवादसमेत व्यक्त गर्नुभयो ।

२०८० साल पुस १२ गते बिहीबार ।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता