सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले विश्व वातावरण दिवस, (जुन ५) २०२६ को अवसरमा दिनुभएको शुभकामना सन्देश

विश्व वातावरण दिवस, (जुन ५) २०२६ को शुभकामना सन्देश विश्व वातावरण दिवस (जुन ५) २०२६ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । प्रकृति र वातावरण मानव जीवनको आधार हो । स्वच्छ हावा, शुद्ध पानी, हरियाली वनजङ्गल र जैविक विविधताको संरक्षण गर्नु हाम्रो साझा अधिकार हो । संयुक्त राष्ट्र संघले आह्वान गरेबमोजिम प्रत्येक वर्ष जुन ५ लाई विश्व वातावरण दिवसको  रूपमा मनाउन थालिएको हो । यस वर्ष ‘‘समृद्ध भविष्यको आधारः जलवायु एवम् प्रकृतिमैत्री विकास’’ भन्ने नाराका साथ विश्व वातावरण दिवस मनाइरहेका छौँ । जलवायु परिवर्तन, प्रदूषण र प्राकृतिक स्रोतहरूको अत्यधिक दोहनले आज Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस, २०८३ को अवसरमा दिनुभएको शुभकामना सन्देश

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस, २०८३ को शुभकामना सन्देश जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सामाजिक सद्‌भावको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । यस दिवसले मानव मर्यादा, समानता र सामाजिक न्यायको संरक्षण तथा प्रवर्द्धन गर्दै विभेदहीन, समावेशी र सभ्य समाज निर्माणप्रति हामी सबैलाई थप प्रतिवद्ध बन्न प्रेरणा प्रदान गरेको छ । वि.सं. २०६३ साल जेठ २१ गते नेपाल सरकारले मुलुकलाई “जातीय छुवाछुत मुक्त राष्ट्र” घोषणा गरेको दिनको स्मरणमा प्रत्येक वर्ष जेठ २१ गतेलाई ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस’का रूपमा मनाउँदै आएका छौँ Read More …

विद्युतीय खरिद प्रणालीमा बोलपत्रको म्याद थप सम्बन्धी सूचना

विद्युतीय खरिद प्रणालीमा बोलपत्रको म्याद थप सम्बन्धी सूचना (मिति २०८३।०२।१८ गते)

विधेयक प्रमाणीकरण

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ: क्र.सं. विधेयकको नाम प्रमाणीकरण मिति १. प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ २०८३/०२/१७ २. मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ २०८३/०२/१७ २०८३ साल जेठ १७ गते आइतबार। ने.सं. ११४६ अनलाथ्व: पूर्णिमा। (रितेश कुमार शाक्य) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले आठौं राष्ट्रिय महिला अधिकार दिवस, २०८३ को अवसरमा दिनुभएको शुभकामना सन्देश

आठौं राष्ट्रिय महिला अधिकार दिवस, २०८३ को शुभकामना सन्देश आज जेठ १६ गते “महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान” भन्ने आदर्श वाक्यका साथ मनाउन लागिएको आठौं राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । यस अवसरमा महिलाको हक अधिकार सुनिश्‍चित गर्न योगदान गर्नुहुने सम्बन्धित सबैलाई स्मरण गर्दै धन्यवाद दिन चाहन्छु । वि.सं. २०६३ साल जेठ १६ गतेका दिन तत्कालीन पुनर्स्थापित प्रतिनिधिसभाले नेपाली महिलाका अधिकारसम्बन्धी महत्त्वपूर्ण चार वटा ‘विशेष प्रस्ताव’ पारित गरेको दिनलाई स्मरण गर्दै जेठ १६ गतेलाई हामीले राष्ट्रिय महिला अधिकार दिवसका रूपमा Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले गणतन्त्र दिवस २०८३ को मूल समारोहमा गर्नुभएको सम्बोधन

सम्माननीयहरू, माननीयहरू, उपस्थित विशिष्ट व्यक्तित्व, कुटनीतिक नियोगका प्रमुखहरू, स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू ! सर्वप्रथम १९ औं गणतन्त्र दिवसको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा बधाई तथा शुभकामना व्यक्त गर्दछु । आजको दिन हाम्रालागि विशेष छ । यो दिन मात्र एक साधारण दिन हैन, यो हाम्रालागि एक ऐतिहासिक दिन हो । किनभने आजभन्दा ठिक १९ बर्ष अगाडि हामीले नागरिक सर्वोच्चतासहितको लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका थियौं । म यस ऐतिहासिक अवसरमा बहुलवादमा आधारित लोकतन्त्र, जनअधिकार, नागरिक स्वतन्त्रता, सुशासनसहित संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न इतिहासका विभिन्न कालखण्डमा भएका ऐतिहासिक जनआन्दोलन तथा विभिन्न Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले गणतन्त्र दिवस,२०८३ को अवसरमा दिनुभएको शुभकामना सन्देश

गणतन्त्र दिवस, २०८३ को शुभकामना सन्देश १९औँ गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको लागि शुभकामना व्यक्त गर्दछु । लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात-अज्ञात सहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, गणतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएका आन्दोलनको नेतृत्व  गर्ने राजनीतिक दलका श्रद्धेय  नेताहरूप्रति सम्मान व्यक्त गर्दै आन्दोलनमा सहभागी आमनागरिक, जनसमुदाय एवम् राजनीतिक कार्यकर्ताहरूको योगदानको उच्च प्रशंसा गर्दछु । नेपाली जनताको लामो संघर्ष र बलिदानको प्रतिफल स्वरूप स्थापित जननिर्वाचित संविधानसभाको पहिलो बैठकबाट वि.सं. २०६५ साल जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा गरेको ऐतिहासिक दिनको Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले ईद-उल-अज्हा (बकर इद) पर्व, २०८३ को अवसरमा दिनुभएको शुभकामना सन्देश

ईद-उल–अज्हा (बकर इद) पर्व, २०८३ को शुभकामना सन्देश मुस्लिम समुदायको महान् पर्व ईद-उल-अज्हा (बकर इद) को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । यस पर्वले मातृभूमिसँगको आत्मिय सम्बन्ध अझ प्रगाढ बनाउँदै राष्ट्रिय समृद्धि र विकासमा योगदान पुर्‍याउने विश्वास लिएको छु । मुस्लिम समुदायबाट यस पर्वको अवसरमा आपसी रिस, राग र द्वेषलाई बिर्सेर एक आपसमा  खुसी, सद्‌भाव तथा  शुभकामना आदान प्रदान गर्ने र खुलास्थान, इदगाह वा मस्जिदहरूमा गई  ईद-उल-अज्हाको नमाज पढ्नुका साथै शुभकामना साटासाट  गर्दै हर्षोल्लासका साथ यो पर्व मनाउने गरिन्छ । विश्वास, समर्पण र समाज Read More …

ओहोदाको प्रमाणपत्र पेश

विज्ञप्‍ति सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि तपसिल बमोजिमका नवनियुक्त राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो। उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो। नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटदेखि राष्‍ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवारी गराइएको थियो। तपसिल   क्र.सं. मुलुक राजदूत आवासीय/गैरआवासीय १. रूसी महासंघ H.E. Mr. Aleksei Vladimirovich Surovtsev आवासीय २. लक्जम्वर्ग H.E. Mr. Christian Biever गैरआवासीय ३. अष्‍ट्रिया H.E. Dr. Robert ZISCHG गैरआवासीय ४. इस्लामिक गणतन्त्र इरान H.E. Dr. Mohammad Fathali गैरआवासीय   २०८३ साल जेठ ७ गते बिहीबार। ने.सं. ११४६ अनलाथ्व: पञ्‍चमी। (रितेश कुमार शाक्य) प्रवक्ता   Read More …

नवनियुक्त सम्माननीय प्रधान न्यायाधीशको नियुक्ति र शपथ ग्रहण

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्माज्यूलाई नेपालको प्रधान न्यायाधीश पदमा नियुक्त गर्नुभएको छ। साथै, आजै सम्माननीय राष्ट्रपतिज्यू समक्ष नवनियुक्त सम्माननीय प्रधान न्यायाधीशज्यूले राष्ट्रपतिको कार्यालयमा आयोजित एक विशेष समारोहमा सर्वोच्च अदालत ऐन, २०४८ को दफा ८ बमोजिम आफ्नो पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। २०८३ साल जेठ ५ गते मङ्‌गलबार। ने.सं. ११४६ अनलाथ्व: तृतीया। (रितेशकुमार शाक्य) प्रवक्ता