सम्माननीय राष्ट्रपतिज्यूबाट जारी ‘सहिद दिवस, २०७६’ को सन्देश‌

सहिद दिवस, २०७६ को सन्देश राष्ट्रियता, लोकतन्त्र, स्वतन्त्रता, समानता एवं जनजीविकाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने महान सहिदहरू शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्दलगायत सम्पूर्ण ज्ञात–अज्ञात अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । यस सहिद दिवसले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्वद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको हित र अधिकारका लागि सहादत प्राप्त गरेका सहिदहरूको सपना साकार पार्न मन, वचन र कर्मले समर्पित हुने आँट र हौसला प्रदान गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु । देश र जनताको लागि आफ्नो जीवनको आहुती दिने वीर सहिदहरूप्रति श्रद्धा, सम्मान र स्मरण स्वरूप विविध रचनात्मक कार्यक्रमहरू गरी सहिद Read More …

राष्ट्रिय सभा सदस्य निर्वाचन परिणाम सहितको प्रतिवेदन पेश

आज मिति २०७६ साल माघ १५ गते, बुधबारका दिन  सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष निर्वाचन आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त  श्री दिनेश कुमार थपलियाले राष्ट्रपति भवन, शीतलनिवासमा राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६०  बमोजिम राष्ट्रिय सभा सदस्य निर्वाचन, २०७६ को निर्वाचन परिणाम सहितको प्रतिवेदन पेश गर्नु भयो । उक्त अवसरमा निर्वाचन आयोगका माननीय आयुक्तहरू समेतको उपस्थिति थियो ।   (हरि प्रसाद दाहाल) प्रवक्ता

प्रतिनिधि सभाको सभामुख पदको पद तथा गोपनीयताको शपथ

आज मिति २०७६ साल माघ १३ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष प्रतिनिधि सभा नियमावली, २०७५ को  नियम ९ बमोजिम नवनिर्वाचित सम्माननीय सभामुख श्री अग्नि प्रसाद सापकोटाज्यूले राष्ट्रपति भवन शीतलनिवासमा प्रतिनिधि सभाको सभामुख पदको पद तथा गोपनीयताको शपथ लिनु भयो ।  सो अवसरमा सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, सम्माननीय प्रधानन्यायाधीशज्यू, राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू लगायत विशिष्ट महानुभावहरूको उपस्थिति रहेको थियो ।   (हरि प्रसाद दाहाल) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले ‘सोनम ल्होसार,२०७६’ को अवसरमा दिनु भएको शुभकामना सन्देश

‘सोनम ल्होसार,२०७६’ को शुभकामना सन्देश तामाङ समुदायहरूले मनाउने महान पर्व सोनम ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवम् प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । चन्द्र पात्रोको पहिलो महिनाको पहिलो दिन अर्थात् प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदादेखि मनाईने यस पर्वमा कूल पूजा, प्रकृति पूजा, बुद्धको पूजा गर्ने एवम् आपसमा भेला भई नाचगान गर्दै हर्षोल्लासका साथ मनाउने प्रचलन रहिआएको छ । यो पर्वलाई तामाङ लगायत ह्योल्मो, थकाली, जिरेल, नेस्याङवा, भोटे, दुरा, लेप्चा आदि समुदायले आ-आफ्नै शैली र परम्परा अनुसार मनाउँदै आएका छन् । यस्ता चाडपर्व र संस्कृतिले राष्ट्रिय एकता सुदृढ पार्न एवम् सामाजिक सद्‍भाव Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाट राजीनामा स्वीकृत

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष विज्ञ श्री सुशील प्याकुरेलले आजैका मितिबाट लागु हुनेगरी दिनु भएको राजीनामा सम्माननीय राष्ट्रपतिज्यूले स्वीकृत गर्नु भएको छ । २०७६ साल माघ १० गते शुक्रबार (हरि प्रसाद दाहाल) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसँग बेल्जियमका राजकुमारी HRH Princess Astrid बाट भेट

[vc_row][vc_column][vc_column_text]आज मिति २०७६ साल माघ ७ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसँग नेपाल भ्रमणमा रहनु भएका मित्रराष्ट्र बेल्जियमका राजकुमारी HRH Princess Astrid ले राष्ट्रपति भवन, शीतलनिवासमा शिष्टाचार भेट गर्नु भयो । सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले राजकुमारीको भ्रमणबाट नेपाल र बेल्जियमबीच रहेको घनिष्ठ सम्बन्ध अझ सुदृढ हुने अपेक्षा गर्दै महिला सशक्तिकरणका क्षेत्रमा नेपालले गरेको प्रगति उल्लेखनीय रहेको कुरा बताउनु भयो । उक्त अवसरमा राजकुमारीले आफू संलग्न रहेको संस्थामार्फत नेपालमा कुष्ठरोग तथा क्षयरोग उन्मुलनको क्षेत्रमा काम गर्दै आएको कुरा बताउनु भयो ।   (हरिप्रसाद दाहाल) प्रवक्ता[/vc_column_text][/vc_column][/vc_row][vc_row][vc_column][us_single_image image=”3906″][/vc_column][/vc_row]

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष जापानका Parliamentary Vice-Minister for Foreign Affairs Hon. Mr. NAKAYAMA Norihiro बाट शिष्टाचार भेट

[vc_row][vc_column][vc_column_text]आज मिति २०७६ साल माघ ३ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपाल भ्रमणमा रहनुभएका मित्रराष्ट्र जापानका Parliamentary Vice-Minister for Foreign Affairs Hon. Mr. NAKAYAMA Norihiro ले राष्ट्रपति भवन, शीतलनिवासमा शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो ।   (हरिप्रसाद दाहाल) प्रवक्ता[/vc_column_text][/vc_column][/vc_row][vc_row][vc_column][us_single_image image=”3902″][/vc_column][/vc_row]

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट “माघेसङ्क्रान्ति/मकरसङ्क्रान्ति/माघीपर्व, २०७६” का अवसरमा व्यक्त शुभकामना सन्देश

“माघेसङ्क्रान्ति/मकरसङ्क्रान्ति/माघीपर्व, २०७६” को शुभकामना सन्देश विभिन्‍न समुदायहरूद्वारा मनाउने माघे सङ्क्रान्ति/मकर सङ्क्रान्ति/माघी चाडको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु । यस पर्वमा स्नान, दान, पूजाअर्चना, मनोरञ्‍जन साथै मिष्ठान्‍न भोजन गर्दै मनाउने प्रचलन रहि आएको छ । थारु समुदायमा माघी पर्वलाई नयाँ वर्षका रूपमा समेत धुमधामसँग मनाइन्छ । विशिष्ट मौलिक साँस्कृतिक सम्पदाको रूपमा रहेका यस्ता पर्वहरूले हाम्रो मुलुकलाई विश्‍वसामु परिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । हाम्रा पर्वहरूले साँस्कृतिक र जातीय विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान कायम गर्न  उल्लेख्य योगदान पुर्‍याएको मैले विश्‍वास लिएको छु । Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट “माघेसङ्क्रान्ति/मकरसङ्क्रान्ति/माघीपर्व, २०७६” का अवसरमा व्यक्त शुभकामना सन्देश

[vc_row][vc_column][vc_column_text] “माघेसङ्क्रान्ति/मकरसङ्क्रान्ति/माघीपर्व, २०७६” को शुभकामना सन्देश विभिन्‍न समुदायहरूद्वारा मनाउने माघे सङ्क्रान्ति/मकर सङ्क्रान्ति/माघी चाडको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु । यस पर्वमा स्नान, दान, पूजाअर्चना, मनोरञ्‍जन साथै मिष्ठान्‍न भोजन गर्दै मनाउने प्रचलन रहि आएको छ । थारु समुदायमा माघी पर्वलाई नयाँ वर्षका रूपमा समेत धुमधामसँग मनाइन्छ । विशिष्ट मौलिक साँस्कृतिक सम्पदाको रूपमा रहेका यस्ता पर्वहरूले हाम्रो मुलुकलाई विश्‍वसामु परिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । हाम्रा पर्वहरूले साँस्कृतिक र जातीय विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान कायम गर्न  उल्लेख्य योगदान पुर्‍याएको मैले विश्‍वास लिएको Read More …