सम्माननीय राष्ट्रपतिज्यूसँग बेल्जियमका राजकुमारी HRH Princess Astrid बाट भेट

[vc_row][vc_column][vc_column_text]आज मिति २०७६ साल माघ ७ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसँग नेपाल भ्रमणमा रहनु भएका मित्रराष्ट्र बेल्जियमका राजकुमारी HRH Princess Astrid ले राष्ट्रपति भवन, शीतलनिवासमा शिष्टाचार भेट गर्नु भयो । सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले राजकुमारीको भ्रमणबाट नेपाल र बेल्जियमबीच रहेको घनिष्ठ सम्बन्ध अझ सुदृढ हुने अपेक्षा गर्दै महिला सशक्तिकरणका क्षेत्रमा नेपालले गरेको प्रगति उल्लेखनीय रहेको कुरा बताउनु भयो । उक्त अवसरमा राजकुमारीले आफू संलग्न रहेको संस्थामार्फत नेपालमा कुष्ठरोग तथा क्षयरोग उन्मुलनको क्षेत्रमा काम गर्दै आएको कुरा बताउनु भयो ।

 

(हरिप्रसाद दाहाल)

प्रवक्ता[/vc_column_text][/vc_column][/vc_row][vc_row][vc_column][us_single_image image=”3906″][/vc_column][/vc_row]