निर्वाचन आयोगको आ.व. २०७३/७४ को वार्षिक प्रतिवेदन पेश

आज मिति २०७४ साल चैत्र १४ गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष निर्वाचन आयोग, नेपालका माननीय प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम निर्वाचन आयोगको आ.व. २०७३/७४ को वार्षिक प्रतिवेदन पेश गर्नु भएको  छ ।    (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

विज्ञ पदमा नियुक्त

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले काठमाडौं जिल्ला, कलंकी निवासी श्री सुशील प्याकुरेललाई राजनितिक, सामाजिक र मानव अधिकार सम्बन्धी सुझाव र सल्लाह दिने गरी विज्ञ पदमा नियुक्त गर्नुभएको छ ।   (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष उपराष्ट्रपति पदको पद तथा गोपनीयताको शपथ ग्रहण

आज मिति २०७४ साल चैत्र ५ गते सोमबारका दिन राष्ट्रपति भवन शीतलनिवासमा, सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नवनिर्वाचित सम्माननीय उपराष्ट्रपति श्री नन्द बहादुर पुनज्यूले नेपालको संविधानको धारा ७१ बमोजिम उपराष्ट्रपति पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ ।    (छविन्द्र पराजुली) प्रवक्ता

प्रमुख स्वकीय सचिव पदमा नियुक्त

आज मिति २०७४ साल चैत्र ५ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले झापा जिल्ला कमल गाउँपालिका निवासी श्री भेषराज अधिकारी  लाई प्रमुख स्वकीय सचिव पदमा नियुक्त गर्नुभएको छ । (छविन्द्र पराजुली) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष निर्वाचन आयोगद्वारा उपराष्ट्रपति पदको निर्वाचन प्रतिवेदन पेश

आज मिति २०७४ साल चैत्र ४ गते आइतबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष निर्वाचन आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा २४ एवम् दफा ६० बमोजिम उपराष्ट्रपतिको निर्वाचनमा सम्माननीय उपराष्ट्रपति नन्द बहादुर पुनज्यू नेपालको उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएको व्यहोराको प्रतिवेदन पेश गर्नु भयो । उक्त अवसरमा निर्वाचन आयोगका पदाधिकारीहरु समेतको उपस्थिति थियो ।    (छविन्द्र पराजुली) प्रवक्ता

नवनिर्वाचित माननीय उपसभामुखज्यू र माननीय उपाध्यक्षज्यूबाट पद तथा गोपनीयताको शपथ ग्रहण

आज मिति २०७४ साल चैत्र ४ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको समुपस्थितिमा प्रतिनिधि सभाका सम्माननीय सभामुख श्री कृष्णबहादुर महराज्यूसमक्ष प्रतिनिधि सभाका नवनिर्वाचित माननीय उपसभामुख श्री शिव माया तुम्वाहाङफेज्यूले प्रतिनिधि सभाको अन्तरिम कार्यविधि, २०७४ को दफा ८ बमोजिम प्रतिनिधि सभाको उपसभामुख र राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष श्री गणेश प्रसाद तिमिल्सीनाज्यूसमक्ष राष्ट्रिय सभाका नवनिर्वाचित माननीय उपाध्यक्ष श्री शशिकला दहालज्यूले राष्ट्रिय सभाको अन्तरिम कार्यविधि, २०७४ को दफा ८ बमोजिम राष्ट्रिय सभाको उपाध्यक्ष पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।    (छविन्द्र पराजुली) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट मौजुदा मन्त्रिपरिषद्‌मा नियुक्ति र हेरफेर

आज मिति २०७४ साल चैत्र २ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा मिति २०७४/११/३ मा गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम नियुक्ति र हेरफेर गरी देहाय बमोजिम मन्त्रिपरिषद् गठन गर्नुभएको छ । क्र.सं. नाम, थर पद कार्यविभाजन  1. श्री के.पी. शर्मा ओली प्रधानमन्त्री सहरी विकास र स्वास्थ्य तथा जनसङ्‌ख्या ।  2. श्री ईश्वर पोखरेल मन्त्री रक्षा ।  3. श्री रामबहादुर थापा मन्त्री गृह । 4. श्री प्रदीपकुमार ज्ञवाली मन्त्री परराष्ट्र ।  5. श्री बर्षमान पुन मन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाइ ।  6. श्री गिरिराजमणि पोखरेल मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि Read More …

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नवनिर्वाचित राष्ट्रिय सभा अध्यक्षज्यूबाट पद तथा गोपनीयताको शपथ ग्रहण

आज मिति २०७४ साल चैत्र १ गते बिहीबारका दिन राष्ट्रपति भवन शीतलनिवासमा, सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष राष्ट्रिय सभाको अन्तरिम कार्यविधि, २०७४ को दफा ८ को अनुसूचि -२ बमोजिम सम्माननीय श्री गणेश प्रसाद तिमिल्सीनाज्यूले राष्ट्रियसभाको अध्यक्ष पदको पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।  उक्त समारोहमा सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, सम्माननीय कायम मुकायम प्रधानन्यायाधिशज्यू, सम्माननीय सभामुखज्यू, माननीय मन्त्रीज्यूहरु, संवैधानिक निकायका माननीय प्रमुखहरु, माननीय महान्यायाधीवक्ता, राष्ट्रिय सभाका माननीय सदस्यहरु लगायत उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो ।    (हरिप्रसाद दवाडी) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका राजदूतबाट शिष्टाचार भेट

आज मिति २०७४ साल चैत्र १ गते बिहीबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष जनवादी गणतन्त्र चीनका राजदूत Her Excellency Ms. Yu Hong ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा महामहिम राजदूतले सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू नेपालको राष्ट्रपति पदमा पुनः निर्वाचित हुनुभएकोमा जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी चिङफिङले पठाउनु भएको बधाई तथा शुभकामना सन्देश पत्र हस्तान्तरण गर्नु भयो । साथै उक्त अवसरमा दुई देशबीच रहि आएको सुमधुर सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ एवम् प्रभावकारी बनाउने र आपसी हित प्रवर्धन गर्ने लगायतका बिषयमा समेत कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकारका उच्च अधिकारीहरु तथा चिनियाँ Read More …

प्रधानन्यायाधीशको राजीनामा

सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानन्यायाधीश श्री गोपाल पराजुलीज्यूले  नेपालको संविधानको धारा १३१ को खण्ड (क) बमोजिम मिति २०७४/१२/१ गतेदेखि लागू हुने गरी सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदबाट राजीनामा दिनु भएको छ । (हरिप्रसाद दवाडी) प्रवक्ता