सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नवनिर्वाचित राष्ट्रिय सभा अध्यक्षज्यूबाट पद तथा गोपनीयताको शपथ ग्रहण

आज मिति २०७४ साल चैत्र १ गते बिहीबारका दिन राष्ट्रपति भवन शीतलनिवासमा, सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष राष्ट्रिय सभाको अन्तरिम कार्यविधि, २०७४ को दफा ८ को अनुसूचि -२ बमोजिम सम्माननीय श्री गणेश प्रसाद तिमिल्सीनाज्यूले राष्ट्रियसभाको अध्यक्ष पदको पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।  उक्त समारोहमा सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, सम्माननीय कायम मुकायम प्रधानन्यायाधिशज्यू, सम्माननीय सभामुखज्यू, माननीय मन्त्रीज्यूहरु, संवैधानिक निकायका माननीय प्रमुखहरु, माननीय महान्यायाधीवक्ता, राष्ट्रिय सभाका माननीय सदस्यहरु लगायत उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो ।

   (हरिप्रसाद दवाडी)

प्रवक्ता