सम्माननीय राष्ट्रपतिज्यूबाट मौजुदा मन्त्रिपरिषद्‌मा नियुक्ति र हेरफेर

आज मिति २०७४ साल चैत्र २ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा मिति २०७४/११/३ मा गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम नियुक्ति र हेरफेर गरी देहाय बमोजिम मन्त्रिपरिषद् गठन गर्नुभएको छ ।

क्र.सं. नाम, थर पद कार्यविभाजन
 1. श्री के.पी. शर्मा ओली प्रधानमन्त्री सहरी विकास र स्वास्थ्य तथा जनसङ्‌ख्या ।
 2. श्री ईश्वर पोखरेल मन्त्री रक्षा ।
 3. श्री रामबहादुर थापा मन्त्री गृह ।
4. श्री प्रदीपकुमार ज्ञवाली मन्त्री परराष्ट्र ।
 5. श्री बर्षमान पुन मन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाइ ।
 6. श्री गिरिराजमणि पोखरेल मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि ।
 7. श्री मातृकाप्रसाद यादव मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति ।
8. श्री रघुबीर महासेठ मन्त्री भौतिक पूर्वाधार तथा यातायात ।
 9. श्री गोकर्ण विष्ट मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा ।
10. श्री शक्तिबहादुर वस्नेत मन्त्री वन तथा वातावरण ।
11. श्री लालबाबु पण्डित मन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासन ।
12. श्री थममाया थापा मन्त्री महिला, बालबालिका तथा ज्येष्ठ नागरिक ।
13. डा. युवराज खतिवडा मन्त्री अर्थ ।
14. श्री जगतबहादुर सुनार (विश्वकर्मा) मन्त्री युवा तथा खेलकुद ।
15. श्री रविन्द्रप्रसाद अधिकारी मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन ।
16. श्री शेरबहादुर तामाङ मन्त्री कानुन, न्याय तथा संसदीय मामिला ।
17. श्री चक्रपाणी खनाल मन्त्री कृषि, भूमि व्यवस्था तथा सहकारी ।
18. श्री बीना मगर मन्त्री खानेपानी ।

 

 

19. श्री पद्माकुमारी अर्याल राज्यमन्त्री स्वास्थ्य तथा जनसङ्‌ख्या ।
20. श्री गोकुलप्रसाद वाँस्कोटा राज्यमन्त्री सञ्‍चार तथा सूचना प्रविधि ।
21. श्री धनबहादुर बुढा राज्यमन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन ।
22. श्री रामकुमारी चौधरी राज्यमन्त्री कृषि, भूमि व्यवस्था तथा सहकारी ।

 

साथै, आजै राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नवनियुक्त माननीय मन्त्रीज्यूहरुले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ । सोही अवसरमा सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष नवनियुक्त माननीय राज्यमन्त्रीज्यूहरुले नेपालको संविधानको धारा ८० बमोजिम राज्यमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ  ।

(छविन्द्र पराजुली)

प्रवक्ता