गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७6 साल जेठ २८ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा इजरायलका लागि नेपालको आवासीय राजदूत डा. अञ्जान शाक्यलाई साइप्रसका लागि गैरआवासीय नेपाली राजदूत पदमा समेत नियुक्त गर्नुभएको छ ।      (छविन्द्र पराजुली)     प्रवक्ता

कार्यभार तोक्नुभएको

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट सम्माननीय प्रधानमन्त्री श्री के. पी. शर्मा ओलीज्यू स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को शतवार्षिकी समारोहमा सहभागिता तथा संयुक्त अधिराज्य र गणतन्त्र फ्रान्सको भ्रमणको सिलसिलामा सम्वत् २०७६ साल जेठ २५ गते शनिबार त्यसतर्फ प्रस्थान गर्नु हुने भएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय उपप्रधानमन्त्री एवं रक्षा मन्त्री श्री ईश्वर पोखरेलज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ ।  (छविन्द्र पराजुली) प्रवक्ता २०७६ साल जेठ २५ गते शनिबार                           

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट इदुल फित्र पर्व, २०७६ का अवसरमा व्यक्त शुभकामना सन्देश

इस्लाम धर्मावलम्बीहरुको महान् इदुल फित्र पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण इस्लाम धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । इस्लाम धर्मावलम्बीमा एक महिना लामो उपवास बसेर आत्मा शुद्धीकरण गर्दै आफन्तहरुबीच खुशी साटासाट गरी विशेष रूपमा यो पर्व मनाउने गरिन्छ। धार्मिक तथा सांस्कृतिक विविधताकाबीच राष्ट्रिय एकता र सहिष्णुताको आदर्श नमुनायुक्त यस किसिमका पर्वहरुले नेपालीहरुकाबीच आपसी सद्‌भाव थप मजबूत हुने साथै मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्बर्द्धनमा महत्वपूर्ण योगदान पुग्नेमा म विश्वस्त छु । अन्तमा, यस पर्वले सबै समुदायका नेपालीहरुका बीच राष्ट्रिय एकता, सहिष्णुता र सद्‍भाव कायम गरी समृद्ध र विकसित Read More …

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष थाइल्याण्डका लागि नेपालको आवासीय नवनियुक्त राजदूतबाट राजदूत पदको, पद तथा गोपनीयताको शपथग्रहण

आज मिति २०७६ साल जेठ २० गते सोमबारका दिन राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित एक समारोहकाबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष थाइल्याण्डका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त हुनुभएका श्री गणेशप्रसाद ढकालले राजदूत पदको, पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । उक्त अवसरमा माननीय परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।   (छविन्द्र पराजुली) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष ओहोदाको प्रमाणपत्र पेश

आज मिति २०७६ साल जेठ २० गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका मुलुकका महामहिम राजदूतहरुले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा माननीय परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यू लगायत नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति रहेको थियो । महामहिम राजदूतहरुलाई काठमाडौंस्थित होटल साङ्ग्रीलादेखि शीतलनिवाससम्म बग्गीमा सवार गराइएको थियो । तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/गैरआवासीय १ ग्वाटेमाला H.E. Mr. Giovanni Rene Castillo Polanco गैरआवासीय २ बेल्जियम H. E. Mr. Francois Delhaye गैरआवासीय ३ इरान H.E. Mr. Ali Chegeni गैरआवासीय ४ अजरवैजान H.E. Mr. Ashraf Shikhaliyev गैरआवासीय (छविन्द्र पराजुली) Read More …