सम्माननीय राष्ट्रपतिज्यूबाट समवेदना व्यक्त

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले आज मिति २०७५ साल फागुन १५ गते ताप्लेजुङ्गमा  हेलिकोप्टर दुर्घटनाग्रस्त भई माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्रप्रसाद अधिकारीको दुःखद निधन भएकोमा गहिरो दुःख व्यक्त गर्नु भएको छ । साथै उक्त हेलिकोप्टरमा सवार भएका पर्यटन उद्यमी आङछिरङ शेर्पा तथा राष्ट्रसेवकहरुको निधन भएकोमा गहिरो दुःख व्यक्त गर्नुहुँदै शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना व्यक्त गर्नु भएको छ ।   (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७५ साल फागुन १५ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अष्ट्रियाका लागि नेपालको आवासीय राजदूत तथा संयुक्त राष्ट्रसंघीय कार्यालय, भियनाका स्थायी प्रतिनिधि श्री प्रकाश कुमार सुवेदीलाई क्रोएसियाका लागि गैरआवासीय नेपाली राजदूत पदमा समेत नियुक्त गर्नुभएको छ ।   (छविन्द्र पराजुली) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक प्रमाणीकरण

आज मिति २०७५ साल फागुन १० गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको  दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका तपसिल बमोजिमका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । क्र.सं. विधेयकको नाम १ राष्ट्रिय चिकित्सा शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ २ सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक, २०७५ ३ कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५   (छविन्द्र पराजुली) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष बेलायतको रक्षा राज्यमन्त्रीबाट शिष्टाचार भेट

आज मिति २०७५ साल फागुन १० गते शुक्रबारका दिन  राष्ट्रपति भवन, शीतल निवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष बेलायतको रक्षा राज्यमन्त्री H.E. Mr. Mark Lancaster TD VR MP ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकार तथा बेलायत सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।   (छविन्द्र पराजुली) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष माननीय प्रदेश प्रमुखहरुबाट भेट

आज मिति २०७५ साल फागुन ८ गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष प्रदेश नं. १, प्रदेश नं. २, प्रदेश नं. ३, गण्डकी प्रदेश, प्रदेश नं. ५ र कर्णाली प्रदेशका माननीय प्रदेश प्रमुखहरुले भेट गर्नुभयो । उक्त भेटका अवसरमा माननीय प्रदेश प्रमुखहरुले हालसम्म सम्पादन गरेका कार्यहरुको बारेमा आ-आफ्ना अनुभवहरु जानकारी गराउनु भएको थियो । (छविन्द्र पराजुली) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सर्वोच्च अदालतका न्यायाधीशबाट लिखित राजीनामा

आज मिति २०७५ साल फागुन ७ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सर्वोच्च अदालतका माननीय न्यायाधीश श्री दीपकराज जोशीले  नेपालको संविधानको धारा १३१ को खण्ड (क) बमोजिम मिति २०७५/११/७ गतेदेखि लागू हुने गरी सर्वोच्च अदालतको न्यायाधीश पदबाट लिखित राजीनामा दिनु भएको छ । (छविन्द्र पराजुली) प्रवक्ता  

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७५ का अवसरमा दिनुभएको शुभकामना सन्देश

राष्ट्रिय प्रजातन्त्र दिवस, २०७५ को शुभकामना सन्देश   राष्ट्रिय प्रजातन्त्र दिवस, २०७५ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । आजको दिनले हामी सबैलाई प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसात् गर्दै अघि बढ्ने उत्प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु । २००७ साल फागुन ७ गतेका दिन निरङ्‌कुश जहानियाँ राणाशासनको अन्त्य भई जनताले राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष प्रजातन्त्र दिवस मनाउने गरेका छौं । प्रजातन्त्र बहाली र संस्थागत गर्ने क्रममा हामीले अभूतपूर्व  उपलब्धीहरु हासिल गरेका छौं । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको संघर्षको प्रतिफल हो । नेपालको Read More …

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नवनियुक्त राजदूतहरुबाट पद तथा गोपनीयताको शपथ ग्रहण

आज मिति २०७५ साल फागुन ६ गते सोमबारका दिन राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित एक समारोहकाबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष संयुक्त अरब ईमिरेट्सका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त हुनुभएका श्री कृष्णप्रसाद ढकाल, मलेसियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त हुनुभएका श्री उदयराज पाण्डे, कुवेतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त हुनुभएका श्री दुर्गाप्रसाद भण्डारी र फ्रान्सका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त हुनुभएका श्री दीपक अधिकारीले राजदूत पदको, पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । उक्त अवसरमा माननीय परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।   (छविन्द्र पराजुली) प्रवक्ता

राजदूत पदमा नियुक्त

आज मिति २०७५ साल फागुन ६ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल श्री दीपक अधिकारीलाई फ्रान्सका लागि  नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ । (छविन्द्र पराजुली) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष महान्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७५ साल फागुन ६ गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष माननीय महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलले नेपालको संविधानको धारा १५९ बमोजिम महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन पेश गर्नु भएको  छ ।   (छविन्द्र पराजुली) प्रवक्ता