राजदूत पदमा नियुक्त

आज मिति २०७५ साल फागुन ६ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल श्री दीपक अधिकारीलाई फ्रान्सका लागि  नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

(छविन्द्र पराजुली)

प्रवक्ता