गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७५ साल फागुन १५ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अष्ट्रियाका लागि नेपालको आवासीय राजदूत तथा संयुक्त राष्ट्रसंघीय कार्यालय, भियनाका स्थायी प्रतिनिधि श्री प्रकाश कुमार सुवेदीलाई क्रोएसियाका लागि गैरआवासीय नेपाली राजदूत पदमा समेत नियुक्त गर्नुभएको छ ।

 

(छविन्द्र पराजुली)

प्रवक्ता