सम्माननीय राष्ट्रपतिज्यूबाट समवेदना व्यक्त

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले आज मिति २०७५ साल फागुन १५ गते ताप्लेजुङ्गमा  हेलिकोप्टर दुर्घटनाग्रस्त भई माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्रप्रसाद अधिकारीको दुःखद निधन भएकोमा गहिरो दुःख व्यक्त गर्नु भएको छ । साथै उक्त हेलिकोप्टरमा सवार भएका पर्यटन उद्यमी आङछिरङ शेर्पा तथा राष्ट्रसेवकहरुको निधन भएकोमा गहिरो दुःख व्यक्त गर्नुहुँदै शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना व्यक्त गर्नु भएको छ ।

 

(केशव प्रसाद घिमिरे)

सहायक प्रवक्ता