सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट “विश्व मजदुर दिवस, २०१९ (मे १)” का अवसरमा व्यक्त शुभकामना सन्देश

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट “विश्व मजदुर दिवस, २०१९ (मे १)” का अवसरमा व्यक्त शुभकामना सन्देश “विश्व मजदुर दिवस, २०१९ (मे १)” को शुभकामना सन्देश विश्वका प्रत्येक मजदुरको हक अधिकार स्थापित भएको दिनको स्मरण र सम्मान स्वरूप हरेक वर्ष मे १ का दिन मनाईने विश्व मजदुर दिवस अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा विश्वभरका सम्पूर्ण मजदुर दिदीबहिनी दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवम् अधिकार सुनिश्चितताको शुभकामना व्यक्त गर्दछु । श्रम सम्बन्धलाई व्यवस्थित गर्दै सन् १९८६ मा श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन प्रत्येक मजदुरको लागि ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ को नाराले सार्थकता पाएको सम्झनामा यो Read More …

कार्यभार तोक्नु भएको

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू मित्रराष्ट्र चीनका महामहिम राष्ट्रपति सी जिनपिङको मैत्रीपूर्ण निमन्त्रणामा सम्वत् २०७६ साल बैशाख ११ गते बुधबारका दिन राजकीय भ्रमणको सिलसिलामा मित्रराष्ट्र जनबादी गणतन्त्र चीनको सियान हुँदै बेइजिङतर्फ प्रस्थान गर्नु भएकोले उहाँको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम सम्माननीय उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोक्नु भएको छ ।   (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान

आज मिति २०७६ साल बैशाख ८ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सम्वत् २०७६ बैशाख १६ गते सोमबारका दिन १६:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।   (छविन्द्र पराजुली) प्रवक्ता

राष्ट्रिय समावेशी आयोगका नवनियुक्त माननीय सदस्यबाट पद तथा गोपनियताको शपथ ग्रहण

आज मिति २०७६ साल बैशाख ८ गते आइतबारका दिन राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहकाबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको समुपस्थितिमा राष्ट्रिय समावेशी आयोगका माननीय अध्यक्ष डा. शान्तराज सुवेदीज्यूसमक्ष नवनियुक्त माननीय सदस्य श्री विष्णुमाया ओझाले राष्ट्रिय समावेशी आयोगको सदस्य पदको, पद तथा गोपनियताको शपथ ग्रहण गर्नु भएको छ ।उक्त अवसरमा सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधान न्यायाधीशज्यू, राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू, माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्रीज्यू, संघीय संसदका माननीय उपसभामुखज्यू, सर्बोच्च अदालतका माननीय न्यायाधीशज्यूहरु, संवैधानिक निकायका प्रमुख एवम् पदाधिकारीहरु, नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु लगायत अन्य विशिष्ट महानुभावहरुको समेत उपस्थिति रहेको थियो ।   (छविन्द्र पराजुली) प्रवक्ता

नवनियुक्त माननीय प्रमुख निर्वाचन आयुक्तज्यूबाट पद तथा गोपनियताको शपथ ग्रहण

आज मिति २०७६ साल बैशाख ८ गते आइतबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपतिज्यूको समुपस्थितिमा सर्वोच्च अदालतका सम्माननीय प्रधान न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.ज्यूसमक्ष नवनियुक्त माननीय प्रमुख निर्वाचन आयुक्तज्यूले आफ्नो पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ । उक्त अवसरमा सम्माननीय उपराष्ट्रपतिज्यू, राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू, माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्रीज्यू, संघीय संसदका माननीय उपसभामुखज्यू, सर्बोच्च अदालतका माननीय न्यायाधीशज्यूहरु, संवैधानिक निकायका प्रमुख एवम् पदाधिकारीहरु, नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु लगायत अन्य विशिष्ट महानुभावहरुको समेत उपस्थिति रहेको थियो ।   (छविन्द्र पराजुली) प्रवक्ता

नवनियुक्त माननीय न्यायाधीशज्यूहरुबाट पद तथा गोपनियताको शपथ ग्रहण

आज मिति २०७६ साल बैशाख ८ गते आइतबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपतिज्यूको समुपस्थितिमा सर्वोच्च अदालतका सम्माननीय प्रधान न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.ज्यूसमक्ष देहाय बमोजिमका नवनियुक्त माननीय न्यायाधीशज्यूहरुले सर्वोच्च अदालतको न्यायाधीश पदको पद तथा गोपनियताको शपथ ग्रहण गर्नु भएको छ । उक्त अवसरमा सम्माननीय उपराष्ट्रपतिज्यू, राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू, माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्रीज्यू, संघीय संसदका माननीय उपसभामुखज्यू, सर्बोच्च अदालतका माननीय न्यायाधीशज्यूहरु, संवैधानिक निकायका प्रमुख एवम् पदाधिकारीहरु, नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु लगायत अन्य विशिष्ट महानुभावहरुको समेत उपस्थिति रहेको थियो । देहाय श्री प्रकाशकुमार ढुङ्गाना, धनुषा श्री सुष्मालता माथेमा, काठमाडौं श्री कुमार Read More …

सम्माननीय राष्ट्रपतिबाट राष्ट्रिय समावेशी आयोगको सदस्य पदमा नियुक्त

आज मिति २०७६ साल बैशाख ६ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २५८ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा श्री विष्णुमाया ओझालाई राष्ट्रिय समावेशी आयोगको सदस्य पदमा नियुक्त गर्नुभएको छ ।   (छविन्द्र पराजुली) प्रवक्ता

सम्माननीय राष्ट्रपतिबाट निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त पदमा नियुक्त

आज मिति २०७६ साल बैशाख ६ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संवैधानिक परिषद्को सिफारिसमा श्री दिनेशकुमार थपलियालाई नेपालको संविधानको धारा २४५ को उपधारा (२) बमोजिम निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त पदमा नियुक्त गर्नुभएको छ ।   (छविन्द्र पराजुली) प्रवक्ता

सम्माननीय राष्ट्रपतिबाट सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त

आज मिति २०७६ साल बैशाख ६ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा देहायका मुख्य न्यायाधीश तथा कानून व्यवसायीहरुलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गर्नुभएको छ । श्री प्रकाशकुमार ढुङ्गाना, धनुषा श्री सुष्मालता माथेमा, काठमाडौं श्री कुमार रेग्मी, झापा श्री हरिप्रसाद फुँयाल, मोरङ डा. मनोजकुमार शर्मा, काठमाडौं     (छविन्द्र पराजुली) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक प्रमाणीकरण

आज मिति २०७६ साल बैशाख २ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको  दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका तपसिल बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । क्र.सं. विधेयकको नाम १ मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७५ (छविन्द्र पराजुली) प्रवक्ता