सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७६ साल बैशाख २ गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओलीज्यूबाट राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा आर्थिक वर्ष २०७४/०७५ मा नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन नेपालको संविधानको धारा ५३ बमोजिम पेश गर्नुभयो । उक्त अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले “समृद्ध नेपाल सुखी नेपाली” को साझा संकल्प साकार पार्न नेपाल सरकार अघि बढिरहेको परिप्रेक्ष्यमा यो महान लक्ष्य हासिल गर्न राज्यका सम्पूर्ण अङ्ग र निकायहरुलाई थप सशक्त ढंगले क्रियाशिल हुनुपर्ने कुरा बताउनु भयो । सो समारोहमा माननीय उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री श्री Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाट विभिन्न विभूषण प्रदान

आज मिति २०७६ साल बैशाख १ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवस, २०७५ को अवसरमा घोषणा भएको समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउनु भएका महानुभावहरुलाई राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहकाबीच नेपाल रत्न,  महाउज्ज्वल राष्ट्रदीप, सुप्रसिद्ध प्रवल जनसेवाश्री, उज्ज्वल कीर्तिमय राष्ट्रदीप, सुकीर्तिमय राष्ट्रदीप, सुप्रवल जनसेवाश्री, कीर्तिमय राष्ट्रदीप, प्रबल जनसेवाश्री र जनसेवाश्री मानपदवीबाट विभूषित गर्नु भएको छ ।   (छविन्द्र पराजुली) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट व्यक्त गर्नुभएको नव वर्ष २०७६ सालको शुभकामना सन्देश

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट व्यक्त गर्नुभएको “नव वर्ष २०७६ सालको शुभकामना सन्देश” नव वर्ष २०७६ सालको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । वि.सं. २०७५ साल संघीय शासन प्रणाली अनुरूपको कानून निर्माण एवम् संस्थागत सुदृढिकरण गर्दै सुशासन र समृद्धिको मार्गमा उन्मुख रहन सफल भयो । हाम्रो मुलुकको राष्ट्रिय संकल्प “समृद्ध नेपाल सुखी नेपाली” को साझा लक्ष्य प्राप्त गर्न वि.सं. २०७६ साल महत्वका साथ अगाडि बढ्नेछ । ठूलो संघर्षबाट मुलुकले प्राप्त गरेको ऐतिहासिक उपलब्धिलाई सुशासन र समृद्धि मार्फत सुदृढ बनाउन नयाँ वर्षले सबैमा थप उर्जा प्रदान Read More …

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७५ साल चैत्र २९ गते शुक्रबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहकाबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष माननीय महालेखापरीक्षक श्री टंकमणि शर्मा, दंगालले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७४/०७५ को महालेखापरीक्षकको छपन्नौं वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ । (छविन्द्र पराजुली) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूको समुपस्थितिमा प्रस्तुतिकरण

आज मिति २०७५ साल चैत्र २६ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको समुपस्थितिमा वन तथा वातावरण मन्त्रालयले पोल्याण्डको क्याटोविचमा सम्पन्न भएको जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धी (UNFCCC) को २४ औं सम्मेलन (COP 24) ले गरेका निर्णयहरु र सो सन्दर्भमा नेपालको सहभागिता र उपलब्धीका विषयमा प्रस्तुतिकरण भयो । साथै, आगामी दिनमा जलवायु परिवर्तन, वातावरण संरक्षण एवम् सो संग सम्बन्धित विषयमा लिनु पर्ने रणनीति र भावि कार्यक्रमका बारेमा समेत छलफल भयो । सो अवसरमा माननीय वन तथा वातावरण मन्त्री श्री शक्ति बहादुर बस्नेत लगायत उच्च पदस्थ पदाधिकारीहरुको उपस्थिति थियो ।   (छविन्द्र पराजुली) प्रवक्ता

राजदूत पदमा नियुक्त

आज मिति २०७५ साल चैत्र २१ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा जेनेभास्थित संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी प्रतिनिधि पदमा कार्यरत श्री मणिप्रसाद भट्टराईलाई स्वीट्जरल्याण्डका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ । (छविन्द्र पराजुली) प्रवक्ता

राजदूत पदमा नियुक्त

आज मिति २०७५ साल चैत्र १८ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा परराष्ट्र मन्त्रालयका सहसचिव श्री भृगु ढुङ्गानालाई क्यानाडाका लागि  नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ । (छविन्द्र पराजुली) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट दुःख व्यक्त

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मिति २०७५ साल चैत्र १७ गते आइतबार साँझ वर्षासँगै आएको भिषण हावाहुरीका कारणले बारा र  पर्सालगायतका जिल्लामा भएको ठूलो मानवीय क्षतिप्रति दुःख व्यक्त गर्नुहुँदै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्नु भएको छ । यस घटनामा ठूलो संख्यामा जनसमुदाय घाइते भएकोमा सहानुभूति प्रकट गर्नुहुँदै घाइतेको यथाशीघ्र उपचारको प्रवन्ध मिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु भएको छ । सम्माननीय राष्ट्रपतिज्यूले उक्त आँधिबेहरीले त्यस क्षेत्रमा रहेका घर, सवारीसाधन, अन्नबाली, फलफूलखेतीका साथै अन्य भौतिक संरचनामा पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गर्नुहुँदै राहतको व्यवस्था मिलाउन सम्बन्धित निकायको ध्यान पुग्नुपर्ने कुरा बताउनु भएको छ । हावाहुरी, बाढी, पहिरो, डढेलो, आगलागी जस्ता प्राकृतिक प्रकोपबाट Read More …