राजदूत पदमा नियुक्त

आज मिति २०७५ साल चैत्र १८ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा परराष्ट्र मन्त्रालयका सहसचिव श्री भृगु ढुङ्गानालाई क्यानाडाका लागि  नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

(छविन्द्र पराजुली)

प्रवक्ता