राजदूत पदमा नियुक्त

आज मिति २०७५ साल चैत्र २१ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा जेनेभास्थित संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी प्रतिनिधि पदमा कार्यरत श्री मणिप्रसाद भट्टराईलाई स्वीट्जरल्याण्डका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

(छविन्द्र पराजुली)

प्रवक्ता