बालबालिकाको व्यक्तित्व विकासमा सामुदायिक तथा संस्थागत विद्यालय विषयक छलफल कार्यक्रम सम्पन्न

काठमाडौँ, १६ फागुन २०७७ । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले हिंसामुक्त समाज निर्माणका लागि विद्यालय तहदेखि नै बालबालिकाको व्यक्तित्व विकासमा विशेष ध्यान दिनु आवश्यक रहेको बताउनु भएको छ । राष्ट्रपति भवन, महाराजगञ्जमा आइतबार आयोजित ‘बालबालिकाको व्यक्तित्व विकास र सामुदायिक तथा संस्थागत विद्यालय’ विषयक छलफल कार्यक्रममा सम्माननीय राष्ट्रपतिज्यूले ‘सबैका लागि शिक्षा’को अवधारणा कार्यान्वयन गर्दै शिक्षा क्षेत्रमा राज्य र अभिभावकले गर्ने लगानीअनुरुपको प्रतिफल हासिल गर्नुपर्ने कुरा बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “विद्यालय तहमा अध्ययन गर्ने बालबालिकाको व्यक्तित्व विकासमा विद्यालय, शिक्षक र अभिभावकको सबैभन्दा ठूलो भूमिका हुन्छ । सम्पूर्ण समाज यसको महत्वपूर्ण सरोकारवाला पक्ष हो । तसर्थ, विद्यालय र सामाजिक संगठनहरूले Read More …

राजदूत पदको, पद तथा गोपनीयताको शपथग्रहण

आज मिति २०७७ साल फागुन १३ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त हुनुभएका श्री लोकदर्शन रेग्मीले र दक्षिण अफ्रिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त हुनुभएका डा. निर्मलकुमार विश्वकर्माले राजदूत पदको, पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । उक्त अवसरमा माननीय परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको थियो । (जगन्नाथ पन्त) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नेपालका लागि जापानका राजदूत शिष्टाचार विदाई भेट

आज मिति २०७७ साल फागुन ११ गते, मङ्‌गलबारका दिन  सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि जापानका महामहिम राजदूत Mr. Masamichi Saigo ले राष्ट्रपति भवनमा शिष्टाचार विदाई भेट गर्नुभयो । सो अवसरमा नेपाल र जापानबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । (जगन्नाथ पन्त) प्रवक्ता

राजदूत पदमा नियुक्त

आज मिति २०७७ साल फागुन ११ गते मङ्‌गलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा २८२ बमोजिम डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ । (जगन्नाथ पन्त) प्रवक्ता

प्रदेश प्रमुख पदको पद तथा गोपनियताको शपथग्रहण

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालको संविधानको धारा १६७ बमोजिम प्रदेश नं. २ का नवनियुक्त माननीय प्रदेश प्रमुख श्री राजेश झाज्यूले प्रदेश प्रमुख पदको पद तथा गोपनियताको शपथग्रहण गर्नुभयो ।   (जगन्नाथ पन्त) प्रवक्ता

प्रदेश प्रमुखमा नियुक्त

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्‌को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम श्री राजेश झा, रौतहटलाई प्रदेश नं. २ को प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ । (जगन्नाथ पन्त) प्रवक्ता

प्रदेश नं. २ का प्रदेश प्रमुखको पदमुक्त

सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्‌बाट सिफारिस भई आएअनुसार नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश नं. २ का प्रदेश प्रमुख श्री तिलक परियारलाई पदमुक्त गर्नुभएको छ। (जगन्नाथ पन्त) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले राष्ट्रिय प्रजातन्त्र दिवस २०७७ को उपलक्ष्यमा दिनुभएको शुभकामना सन्देश

राष्ट्रिय प्रजातन्त्र दिवस, २०७७ को शुभकामना सन्देश राष्ट्रिय प्रजातन्त्र दिवस, २०७७ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौं संघर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सहिद परिवार, आन्दोलनमा भाग लिने क्रममा बेपत्ता, घाइते एवं अङ्गभङ्ग हुनुभएका व्यक्तित्वहरूप्रति सम्मान प्रकट गर्दछु । विक्रम संवत् २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरङ्कुश राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ । राज्यशक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा Read More …

कैद, जरिवाना, सर्वस्व लगायतको सजाय माफी

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७६ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम सुरेन्द्र भन्ने सालिन्द्र यादवसमेतका १५ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद, जरिवाना, सर्वस्व लगायतको सजाय माफी  भएको छ । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७६ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा जेष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ को दफा १२ बमोजिम मिति २०७७ साल फागुन ७ गते देखि लागू हुने गरी विर्खहाङ लिम्बु समेतका ४०१ (चार सय एक) जना कैदीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा  भएको छ ।   (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता