कैद, जरिवाना, सर्वस्व लगायतको सजाय माफी

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७६ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम सुरेन्द्र भन्ने सालिन्द्र यादवसमेतका १५ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद, जरिवाना, सर्वस्व लगायतको सजाय माफी  भएको छ ।

(केशव प्रसाद घिमिरे)

सहायक प्रवक्ता