भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७६ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा जेष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ को दफा १२ बमोजिम मिति २०७७ साल फागुन ७ गते देखि लागू हुने गरी विर्खहाङ लिम्बु समेतका ४०१ (चार सय एक) जना कैदीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा  भएको छ ।

 

(केशव प्रसाद घिमिरे)

सहायक प्रवक्ता