सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नेपालका लागि विभिन्न मुलुकका महामहिम राजदूतहरुद्वारा ओहदाको प्रमाणपत्र पेश

आज मिति २०७३ साल मंसिर १५ गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका मुलुकका महामहिम राजदूतहरुले आ-आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा माननीय परराष्ट्रमन्त्री डा. प्रकाश शरण महत, प्रधान सेनापति श्री राजेन्द्र क्षत्री, राष्ट्रपतिको कार्यालयका सचिव श्री भूपेन्द्रप्रसाद पौड्याल, परराष्ट्र मन्त्रालयका सचिव श्री शंकरदास वैरागी लगायत नेपाल सरकारका उच्च अधिकारीहरु समेतको उपस्थिति रहेको थियो । महामहिम राजदूतहरुलाई काठमाडौंस्थित होटल साङ्ग्रीलादेखि शीतलनिवाससम्म बग्गीमा सवार गराइएको थियो । तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/ गैरआवासीय 1. पोर्चुगल H.E. Mr. Joao do Carmo Ataide Da Camara गैरआवासीय 2. कुवेत H.E Mr. Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाट गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७३ साल मंसिर १२ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा  दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत पदमा कार्यरत श्री अमृतबहादुर राईलाई लेसेथो अधिराज्य, तान्जानिया र मौरिशसका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ । (प्रल्हाद प्रसाद पुडासैनी) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नेपालका लागि चीनका महामहिम राजदूतबाट शिष्टाचार भेट

आज मिति २०७३ साल मंसिर १० गते शुक्रबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि चीनका राजदूत महामहिम श्रीमती यू होङबाट शिष्टाचार भेट भयो । भेटका अवसरमा नेपाल र चीनबीच रहदै आएको द्विपक्षीय सम्बन्धलाई अझ सुमधुर र प्रगाढ बनाउने विषयमा छलफल भएको थियो । उक्त अवसरमा राष्ट्रपतिको कार्यालय एवम् परराष्ट्र मन्त्रालयका उच्चपदस्थ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो (कुल प्रसाद चुडाल) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूले महिला बिरुद्ध हुने हिंसा विरूद्धको अन्तर्राष्ट्रिय दिवस २०७३ का अवसरमा दिनुभएको शुभकामना सन्देश

प्रत्येक वर्षको नोभेम्बर २५ लाई संयुक्त राष्ट्र संघको महासभाले महिला बिरुद्ध हुने हिंसा विरूद्धको अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय  गरेको छ । नेपालमा पनि “घर शान्ति नै  विश्व शान्तिको आधारः दीगो विकासका लागि लैंगिक हिंसा रहित समाज” भन्ने राष्ट्रिय नाराका साथ विविध कार्यक्रमको आयोजना गरी उक्त दिवस मनाउन लागिएकोमा मलाई अत्यन्तै खुशी लागेको छ । यस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूको सुख, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । जनसंख्याको आधाभन्दा बढि हिस्सा ओगटेका महिलाहरू परिवार, समाज र राज्यमा बराबर हिस्सा राख्ने सम्मान र प्रतिष्ठाका हकदार हुन् । बोक्सीको आरोप, दाइजोको लेनदेन, छाउपडी Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक प्रमाणीकरण

आज मिति २०७३ साल मंसिर ७ गते मंगलबारका दिन  सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले  व्यवस्थापिका-संसदको सम्वत् २०७३ साल असोज १३ गतेको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । सि.नं‌. विवरण १. औद्योगिक व्यवसाय विधेयक, २०७३   (कुल प्रसाद चुडाल) प्रवक्ता

सूचनाको हक सम्बन्धी प्रकाशन गरिएको विवरण

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५को उपदफा (३) र सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम (३) बमोजिम प्रकाशन गरिएको विवरण सूचना सार्वजनिक गर्ने निकायको नामः राष्ट्रपतिको कार्यालय, शीतल निवास, महाराजगञ्ज । सूचना सार्वजनिक गरेको अवधि: वि.सं. २०७३ साल श्रावण १ देखि असोज मसान्तसम्म । १. राष्ट्रपतिको कार्यालयको स्वरुप र प्रकृति: नेपालको संविधानको भाग ६ धारा ६१ बमोजिम नेपालमा राष्ट्रप्रमुखको रुपमा राष्ट्रपतिको व्यवस्था गरेको र धारा ७३ मा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय रहने व्यवस्था छ । सम्माननीय राष्ट्रपतिको प्रशासनिक सचिवालयको रुपमा वि.सं. २०६५ साल असार ३० गते स्थापित यस कार्यालयले सम्माननीय राष्ट्रपतिसँग सम्वन्धित विभिन्न कार्यक्रमहरु र समारोहको प्रशासनिक Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाट विभिन्न विधेयकहरु प्रमाणीकरण

आज मिति २०७३ साल कात्तिक २९ गते सोमबारका दिन  सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले  व्यवस्थापिका-संसदका विभिन्न मितिको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका देहाय बमोजिमका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । सि.नं‌. विवरण १. नेपाल राष्ट्र बैंक (दोस्रो संशोधन) विधेयक, २०७३ २. ऋण तथा जमानत (एक्काइसौं संशोधन) विधेयक, २०७३ ३. राष्ट्र ऋण उठाउने विधेयक, २०७३ ४. आर्थिक विधेयक, २०७३ ५. वन (दोस्रो संशोधन) विधेयक, २०७३ (कुल प्रसाद चुडाल) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष मित्रराष्ट्र भारतका स्थाल सेनाध्यक्षबाट शिष्टाचार भेट

आज मिति २०७३ साल कात्तिक २६ गते शुक्रबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनु भएका  मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष General Dalbir Singh, PVSM UYSM, AVSM, VSM, ADC को नेतृत्वको टोलिले शिष्टाचार भेट गर्‍यो । भेटका अवसरमा नेपाल र भारतबीच रहदै आएको द्विपक्षीय सम्बन्धलाई सुमधुर र प्रगाढ रहेको अवस्थामा नेपाली सेना र भारतीय सेनाबीच सहयोग र सम्बन्धको विषयमा छलफल भयो । उक्त अवसरमा नेपालका लागि भारतका महामहिम राजदूत रन्जित रे तथा राष्ट्रपतिको कार्यालयका उच्चपदस्थ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । (प्रल्हाद प्रसाद पुडासैनी) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नेपालका लागि विभिन्न मुलुकका महामहिम राजदूतहरुद्वारा ओहदाको प्रमाणपत्र पेश

आज मिति २०७३ साल कात्तिक २५ गते बिहीबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका मुलुकका महामहिम राजदूतहरुले आ-आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा माननीय परराष्ट्रमन्त्री डा. प्रकाश शरण महत, प्रधान सेनापति श्री राजेन्द्र क्षत्री, राष्ट्रपतिको कार्यालयका सचिव श्री भूपेन्द्रप्रसाद पौड्याल, परराष्ट्र मन्त्रालयका सचिव श्री शंकरदास वैरागी लगायत नेपाल सरकारका उच्च अधिकारीहरु समेतको उपस्थिति रहेको थियो । महामहिम राजदूतहरुलाई काठमाडौंस्थित होटल साङ्ग्रीलादेखि शीतलनिवाससम्म बग्गीमा सवार गराइएको थियो । तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/ गैरआवासीय 1. कतार H.E. Mr. Yousuf bin Mohamed Ahmed Mohamed Al-Hail आवासीय 2. स्वीटजरल्याण्ड H.E Dr. Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाट न्याय परिषद्को सदस्य पदमा नियुक्ति

आज मिति २०७३ साल कात्तिक १९ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (घ) बमोजिम सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा खैरा गा.वि.स. वडा नं. ६ हाल प्यूठान न.पा. वडा नं. १९ निवासी अधिवक्ता (प्रमाणपत्र नम्बर ४३३०) श्री पदमप्रसाद वैदिकलाई न्याय परिषद्को सदस्य पदमा नियुक्त गर्नु भएको छ । (प्रल्हाद प्रसाद पुडासैनी) सहायक प्रवक्ता