सम्माननीय राष्ट्रपतिज्यूसमक्ष मित्रराष्ट्र भारतका स्थाल सेनाध्यक्षबाट शिष्टाचार भेट

आज मिति २०७३ साल कात्तिक २६ गते शुक्रबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनु भएका  मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष General Dalbir Singh, PVSM UYSM, AVSM, VSM, ADC को नेतृत्वको टोलिले शिष्टाचार भेट गर्‍यो । भेटका अवसरमा नेपाल र भारतबीच रहदै आएको द्विपक्षीय सम्बन्धलाई सुमधुर र प्रगाढ रहेको अवस्थामा नेपाली सेना र भारतीय सेनाबीच सहयोग र सम्बन्धको विषयमा छलफल भयो । उक्त अवसरमा नेपालका लागि भारतका महामहिम राजदूत रन्जित रे तथा राष्ट्रपतिको कार्यालयका उच्चपदस्थ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।

(प्रल्हाद प्रसाद पुडासैनी)

सहायक प्रवक्ता