सम्माननीय राष्ट्रपतिज्यूबाट न्याय परिषद्को सदस्य पदमा नियुक्ति

आज मिति २०७३ साल कात्तिक १९ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (घ) बमोजिम सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा खैरा गा.वि.स. वडा नं. ६ हाल प्यूठान न.पा. वडा नं. १९ निवासी अधिवक्ता (प्रमाणपत्र नम्बर ४३३०) श्री पदमप्रसाद वैदिकलाई न्याय परिषद्को सदस्य पदमा नियुक्त गर्नु भएको छ ।

(प्रल्हाद प्रसाद पुडासैनी)

सहायक प्रवक्ता