सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले तमु ल्होसार पर्व, २०७८ को अवसरमा दिनुभएको शुभकामना सन्देश

तमु ल्होसार पर्व, २०७८ को शुभकामना सन्देश गुरुङ समुदायको महान् चाड ‘तमु ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका  सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । तमु ल्होसारले गुरुङ समुदायको नयाँ संवत् सुरू भएको संकेत गर्दछ । यस समुदायले आज पुरानो वर्षलाई विदाई र नयाँ वर्षलाई स्वागत गर्दै यो पर्व मनाउने प्रचलन रहेको छ । गुरुङ समुदायको बाहुल्यता रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, कास्की र पर्वत लगायतका जिल्लाहरूमा यो पर्व अपार उमङ्गका साथ मनाउने गरिन्छ । मुलुकको मौलिक सांस्कृतिक सम्पदाको संरक्षण तथा संवर्द्धन गर्दै पर्यटन प्रवर्द्धनमार्फत् आर्थिक र सामाजिक रूपमा समृद्ध Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले राष्ट्रिय ज्येष्ठ नागरिक कोषद्वारा आयोजित कार्यक्रममा गर्नुभएको सम्बोधन

अभिनन्दित ज्येष्ठ नागरिकहरू, राष्ट्रिय ज्येष्ठ नागरिक कोषका सभापति सहित कोष परिवाार, कविता प्रतियोगितामा पुरस्कृत विद्यार्थीहरू,   उपस्थित भद्रमहिला तथा सज्जनवृन्द ! प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०७८  को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका  सम्पूर्ण जेष्ठ नागरिकहरूमा सुस्वास्थ्य, दीर्घायु तथा मर्यादित जीवनयापनको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।  यस अवसरमा, ज्येष्ठ नागरिकहरूमा निहित ज्ञान, सीप र अनुभवलाई उच्च मूल्याङ्कन गरी नयाँ पुस्तामा हस्तान्तरण गर्दै समाजको उत्थान र मुलुकको विकासमा सदुपयोग गर्न सम्बद्ध सबैमा आग्रह गर्दछु ।  यस दिवसको सन्दर्भ पारेर जेष्ठ नागरिकहरूको विषयमा बालबालिकाबीच सम्पन्न कविता प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण, सक्रिय ज्येष्ठ नागरिकहरूको अभिनन्दन तथा ज्येष्ठ नागरिकको अधिकारका क्षेत्रमा विशेष योगदान Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले राष्ट्रिय ख्रीष्टियन महासंघ‚ नेपालद्वारा आयोजित ख्रीष्टमस महोत्सव २०७८ मा गर्नुहुने सम्बोधन

माननीय युवा तथा खेलकुद मन्त्री‚ राष्ट्रिय ख्रीष्टियन महासंघ‚ नेपालका अध्यक्ष लगायत महासंघ परिवार, भद्रमहिला तथा सज्जनवृन्द ! इसाई धर्मावलम्बीहरूको महान चाडको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा म सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछु । हाम्रो मुलुक सांस्कृतिक एवम् भौगोलिक विविधताले भरिपूर्ण छ । विविधता हाम्रो कमजोरी होइन, बरु यो हाम्रो शक्ति हो । यही नै हाम्रो मौलिक राष्ट्रिय पहिचान पनि हो । विविधता बीचको एकता र सद्भावको यो गौरवपूर्ण परम्परालाई हामीले अक्षुण्ण राख्नु पर्दछ । आ–आफ्ना फरक आस्था र विश्वास बोकेका भएता पनि हामी सबै नेपाली हौँ । फरक आस्थाको कारणबाट आफ्नो देशप्रतिको माया Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा दिनुभएको सन्देश

प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको सन्देश प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०७८ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली ज्येष्ठ नागरिकहरूमा सुस्वास्थ्य, दीर्घायु तथा मर्यादित जीवनयापनको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपालमा ज्येष्ठ नागरिकहरूका लागि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने घोषणा गरिएको दिनको अवसर पारी हरेक वर्ष पुस ११ गते ज्येष्ठ नागरिक दिवस मनाउने नेपाल सरकारको निर्णय बमोजिम यस वर्षदेखि ‘राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’ मनाउन लागिएको हो । ‘सभ्य नागरिकको पहिचानः ज्येष्ठ नागरिकको सम्मान’ भन्ने नाराका साथ ज्येष्ठ नागरिकको हक, हित तथा अधिकारको संरक्षण र संवर्द्धनका लागि विभिन्न कार्यक्रमहरू आयोजना गरी यो दिवस मनाउन लागिएको जानकारी पाउँदा Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले ‘क्रिसमस डे’ को अवसरमा दिनुभएको शुभकामना सन्देश

 ‘क्रिसमस डे’ को शुभकामना सन्देश इसाई धर्मावलम्बीहरूको महान् पर्व ‘क्रिसमस डे’ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । जिसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा इसाई धर्मका अनुयायीहरूले हरेक वर्ष डिसेम्बर २५ तारिखको दिनलाई धार्मिक र सांस्कृतिक उत्सवका रूपमा विभिन्न कार्यक्रमहरूको आयोजना गरी ‘क्रिसमस डे’ मनाउँदछन् । यस्ता चाडपर्वहरूको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्‌भाव, सहिष्णुता र एकताको भावना अभिवृद्धि हुनाका साथै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्‍वास लिएको छु । अन्तमा, क्रिसमस डे जस्ता पर्वहरूले सबै नेपालीबीच Read More …

कार्यभार तोक्नु भएको

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मौजुदा मन्त्रिपरिषद्‌का माननीय रक्षा मन्त्री डा. मीनेन्द्रप्रसाद रिजालले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट राजीनामा दिनुभएकोले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा रक्षा मन्त्रालयको कार्यभार सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ । २०७८ साल पुस ५ गते सोमबार (सागर आचार्य) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले उधौली पर्व, २०७८ को अवसरमा दिनुभएको सन्देश

उधौली पर्व, २०७८ को शुभकामना सन्देश किराँत समुदायको महान् पर्व उधौलीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । किराँत समुदायका मूलत: राई, लिम्बु, सुनुवार र याख्खाहरूको महान् चाड उधौली पर्व हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरू भई १५ दिनसम्म विभिन्न कार्यक्रमहरूसहित मनाउने गरिन्छ । हिउँद सुरू भएपछि जाडो छल्न मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट उँधो अर्थात् बेँसीतिर बसाइँ सर्ने समयमा मनाइने उधौली पर्वको अवसरमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृपूजा गरिनुका साथै राम्रो फसलको लागि भूमिप्रति आभार व्यक्त गर्दै अन्नको सह बसोस् भन्ने कामनासहित भूमिको पूजा Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाले चिकित्सा शास्त्रतर्फ एमबीबीएस सहितका शैक्षिक कार्यक्रम आरम्भ गरेको अवसरमा गर्नुभएको सम्बोधन

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भई यस क्षेत्र र मुलुककै लागि आवश्यक विशेषज्ञ डाक्टर तथा स्वास्थ्यकर्मी उत्पादन गर्ने उद्देश्य लिएर मेडिकल शिक्षा प्रारम्भ भएको अवसरमा आयोजित यस कार्यक्रममा सहभागी हुन पाउँदा मलाइ खुसी लागेको छ । यहाँका मेधावी विद्यार्थीहरूले आफ्नै घर आँगनमा उच्च स्तरीय मेडिकल शिक्षा अध्ययन गर्न पाउनुपर्छ भनी तपाईंहरूले लामो समयदेखि देखेको सपना र गरेको प्रयास सार्थक भएकोमा म तपाईंहरूलाई हार्दिक बधाई दिन चाहन्छु । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गर्न सहयोग गर्ने कर्णालीवासी जनता, सम्पूर्ण विद्वत समुदाय, प्राज्ञिक जगत, समाजसेवी, नेपाल सरकार र सम्बद्ध संघसंस्थालाई धन्यवाद एवं बधाई दिन चाहन्छु ।  प्रतिष्ठानको स्थापना गरी कर्णालीले एउटा इतिहास Read More …

ओहोदाको प्रमाणपत्र पेश

विज्ञप्ति सम्माननीय राष्‍ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नेपालका लागि तपसिल बमोजिमका महामहिम राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो । तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/ गैरआवासीय १. नाइजेरिया H.E. Mr. Ahmed Sule गैरआवासीय २. इथोयोपिया H.E. Mrs. Tizita Mulugeta Yiman गैरआवासीय ३. रुवाण्डा H.E. Ms. Jacqueline MUKANGIRA गैरआवासीय ४. लक्जमबर्ग H.E. Mrs. Peggy Frantzen गैरआवासीय ५. स्लोभेनिया H.E. Ms. Mateja Vodeb Ghosh गैरआवासीय २०७८ साल मङ्‌सिर २४ गते शुक्रबार (सागर आचार्य) प्रवक्ता H.E. Mr. Ahmed Sule, Nigeria H.E. Mrs. Tizita Mulugeta Yiman, Ethiopia Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले ७३औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा दिनुभएको सन्देश

७३औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको सन्देश ७३औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दछु । संयुक्त राष्ट्रसंघ महासभाद्वारा सन् १९४८ डिसेम्बर १० का दिन मानवअधिकारको विश्‍वव्यापी घोषणापत्र जारी भएको दिनलाई अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको रूपमा प्रत्येक वर्ष मनाउने गरिन्छ । सदाझैँ यस वर्ष नेपालमा पनि विविध कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ । मानव सभ्यता र समाज विकासको क्रम अगाडि बढ्दै जाँदा मानवअधिकारका विभिन्न आयामहरू थपिंदै गएका छन् । लोकतान्त्रिक शासन व्यवस्थाको आधारस्तम्भको रूपमा रहेका मानवअधिकारको विश्‍वव्यापी अवधारणाहरूलाई गहिरोसँग आत्मसात् गर्दै तिनको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिनु पर्दछ । हाम्रो संविधानद्वारा प्रत्याभूत Read More …