सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले भूकम्पपश्चातको पुनर्निर्माणमा नेपालको अनुभवसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई गर्नुभएको सम्बोधन
अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन समारोहका अध्यक्ष, नेपाल सरकारका माननीय मन्त्रीहरू, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतसहित प्राधिकरण परिवार, नेपालस्थित विभिन्न मुलुकका महामहिम राजदूतहरू, विभिन्न बहुपक्षीय एवं द्विपक्षीय दातृ निकायका प्रमुखहरू, सञ्चारकर्मीहरू, भौतिक तथा अनलाइन माध्यमबाट यस समारोहमा भाग लिइरहनु भएका विभिन्न मुलुकका मन्त्रीहरु, सम्पूर्ण भद्रमहिला तथा सज्जनवृन्द ! वि.सं. २०७२ साल बैशाख १२ र २९ गतेका विनाशकारी भूकम्प र तत्पश्चातका परकम्पहरूका कारण जन–धनको ठूलो क्षति भएको आज साढे ६ वर्ष पूरा भैसकेको छ । उक्त भूकम्पका कारण करिब नौ हजार जनाको ज्यान गयो भने त्यसबाट हाम्रो कूल जनसंख्याको करिब एक तिहाई हिस्सा प्रभावित बन्न पुग्यो । भूकम्पपश्चातको पुनर्निर्माणसम्बन्धी हाम्रा अनुभवहरू साझा Read More …