सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले इद-उल- अज्हा (बकर इद) पर्व, २०८० को अवसरमा दिनुभएको शुभकामना सन्देश

इद-उल-अज्हा (बकर इद) पर्व, २०८० को शुभकामना सन्देश मुस्लिम समुदायको महान् पर्व इद-उल-अज्हा (बकर इद) को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली मुसलमान दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । मुस्लिम समुदायको ठूलो चाडको रुपमा रहेको यो पर्व आपसी रिस, राग र द्वेषलाई बिर्सेर भाइचारा र पारिवारिक मिलनको रुपमा मनाउने गरिन्छ । इस्लाम धर्मावलम्बीहरूले मनाउने यस पर्वले मेलमिलाप, एकता र सहकार्यको वातावरण निर्माणमा सहयोग पुग्नेछ । साथै, सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र भेषभूषाको विविधता रहेको हाम्रो मुलुकमा यो पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्‌भावको वातावरणलाई अझ मजबुत बनाउन सहयोग पुग्नेछ भन्ने मैले Read More …

प्रेस विज्ञप्‍ति

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू २०८० साल असार २ गते स्वास्थ्य उपचारको क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल तथा  त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भई विभिन्न परीक्षण, चिकित्सकहरूको निगरानी तथा उपचारपछि आज दिउँसो डिस्चार्ज भई राष्ट्रपति निवास फर्कनुभएको छ । चिकित्सकहरूका अनुसार सम्माननीय राष्ट्रपतिज्यूको स्वास्थ्य अवस्था सामान्य छ । स्वास्थ्य उपचारका लागि गठित विशेषज्ञ समूहमा संलग्न चिकित्सकहरू, परामर्श समूहमा संलग्न विभिन्न अस्पतालका चिकित्सकहरू, स्वास्थ्यकर्मी, कर्मचारी तथा सुरक्षाकर्मीका साथै विभिन्न माध्यमबाट उहाँको स्वास्थ्यप्रति चासो एवम् चिन्ता व्यक्त गर्ने स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी, दाजुभाइहरूमा सम्माननीय राष्ट्रपतिज्यूले धन्यवाद प्रकट गर्नुभएको छ । २०८० Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले अन्तर्राष्ट्रिय योग दिवस (जुन २१), २०२३ को अवसरमा दिनुभएको शुभकामना सन्देश

अन्तर्राष्ट्रिय योग दिवस (जुन २१), २०२३ को शुभकामना सन्देश अन्तर्राष्ट्रिय योग दिवस (जुन २१), २०२३ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछु । संयुक्त राष्ट्रसंघको महासभाबाट  सन् २०१४ डिसेम्बर ११ मा पारित प्रस्तावअनुसार सन् २०१५ देखि हरेक वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउन शुरू  गरिएको हो । नेपालको प्राचीन सभ्यता र जीवन दर्शनसँग गाँसिएको योगलाई जीवनोपयोगी साधनाका रूपमा अहिले सम्पूर्ण विश्वले ग्रहण गर्नु हामी नेपालीका लागि खुसीको विषय हो । हाम्रा योग गुरुहरू र अध्येताहरूका अनुसार मात्र होइन ऐतिहासिक तथा पुरातात्त्विक तथ्यहरूले नेपाल योग Read More …

नवनियुक्त सम्माननीय प्रधान न्यायाधीश पदको पद तथा गोपनीयताको शपथ ग्रहण

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा सर्वोच्च अदालतका सम्माननीय कायम मुकायम प्रधान न्यायाधीश श्री हरिकृष्ण कार्कीज्यूलाई नेपालको प्रधान न्यायाधीश पदमा नियुक्त गर्नुभएको छ। आज राष्ट्रपतिको कार्यालयमा आयोजित एक विशेष समारोहमा सम्माननीय राष्ट्रपतिज्यू समक्ष नवनियुक्त सम्माननीय प्रधान न्यायाधीश श्री हरिकृष्ण कार्कीज्यूले सर्वोच्च अदालत ऐन, २०४८ को दफा ८ बमोजिम आफ्नो पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। २०८० साल असार १ गते शुक्रबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

प्रेस विज्ञप्ति

विज्ञप्ति सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू नियमित स्वास्थ्य परीक्षण, उपचार तथा २४ घण्टा चिकित्सकहरूको अवलोकनपछि आज बिहान ८:०० बजे शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रबाट डिस्चार्ज भई राष्ट्रपति निवास फर्कनुभएको छ । सम्माननीय राष्ट्रपतिज्यूको स्वास्थ्य अवस्था सामान्य छ । स्वास्थ्य उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा सुरक्षाकर्मीका साथै उहाँको स्वास्थ्यप्रति चासो व्यक्त गर्ने स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी, दाजुभाइहरूमा सम्माननीय राष्ट्रपतिज्यूले धन्यवाद प्रकट गर्नुभएको छ । २०८० साल जेठ ३१ गते बुधबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

ओहोदाको प्रमाणपत्र पेश

  विज्ञप्ति सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि तपसिल बमोजिमका नवनियुक्त राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो। उक्त समारोहमा माननीय परराष्ट्रमन्त्री श्री नारायण प्रकाश साउदज्यू लगायत नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो। नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल रेडिशनदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो। तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/ गैरआवासीय १. इस्लामिक गणतन्त्र पाकिस्तान H.E. Mr. Abrar Hussain Hashmi आवासीय २. गणतन्त्र कोरिया H.E. Mr. Park Taeyoung आवासीय २०८० साल जेठ २९ गते सोमबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता H.E. Mr. Abrar Hussain Hashmi, Pakistan H.E. Mr. Park Read More …

संयुक्त अधिराज्यका राजदूतबाट शिष्टाचार विदाई भेट

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत H.E. Ms. Nicola Pollitt ले राष्ट्रपति भवनमा शिष्टाचार विदाई भेट गर्नुभयो । सो अवसरमा नेपाल र संयुक्त अधिराज्य बेलायतबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो । साथै, सम्माननीय राष्ट्रपतिज्यूले राजदूत Ms. Pollitt लाई आफ्नो कार्यकाल सफलता पूर्वक सम्पन्न गर्नुभएकोमा धन्यवाद समेत व्यक्त गर्नुभयो । २०८० साल जेठ २६ गते शुक्रबार (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

स्वीट्जरल्याण्डका राजदूतबाट शिष्टाचार विदाई भेट

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत H.E. Ms. Elisabeth Von Capeller ले राष्ट्रपति भवनमा शिष्टाचार विदाई भेट गर्नुभयो । सो अवसरमा नेपाल र स्वीट्जरल्याण्डका बीच रही आएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो । साथै, सम्माननीय राष्ट्रपतिज्यूले महामहिम राजदूतलाई आफ्नो कार्यकाल सफलता पूर्वक सम्पन्न गर्नुभएकोमा धन्यवाद समेत व्यक्त गर्नुभयो । २०८० साल जेठ २६ गते शुक्रबार (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम तपसिलमा उल्लेख भएका आवासीय नेपाली राजदूतहरूलाई तपसिलमा उल्लेख भएका देशहरूका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ । तपसिल: सि.नं. राजदूतहरूको नाम आवासीय राजदूत रहेको देश गैरआवासीय राजदूत नियुक्त गरेको देश १. श्री कैलाशराज पोखरेल अष्ट्रेलिया पपुवा न्यूगिनी २. श्री निर्मलराज काफ्ले ब्राजिल कोलम्बिया ३. प्रा.डा. राम स्वार्थ राय डेनमार्क स्वीडेन २०८० साल जेठ २२ गते सोमबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले विश्व वातावरण दिवस, (जुन ५) २०२३ को अवसरमा दिनुभएको शुभकामना सन्देश

विश्व वातावरण दिवस, (जुन ५) २०२३ को शुभकामना सन्देश विश्व वातावरण दिवस (जुन ५) २०२३ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । संयुक्त राष्ट्रसंघको आह्वानमा पचास वर्ष अघिदेखि मनाउन थालिएको विश्व वातावरण दिवसको सान्दर्भिकता हरेक वर्ष बढ्दै गएको छ । यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने  राष्ट्रिय  नाराका साथ विश्व वातावरण दिवस मनाइरहेका छौँ । आजको दिन हामी सबैले आफ्नो घर वरिपरि रहेको वातावरण सफा राख्दै वन, जल, वनस्पति, कृषि तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाई नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा Read More …