संयुक्त अधिराज्यका राजदूतबाट शिष्टाचार विदाई भेट

विज्ञप्‍ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत H.E. Ms. Nicola Pollitt ले राष्ट्रपति भवनमा शिष्टाचार विदाई भेट गर्नुभयो । सो अवसरमा नेपाल र संयुक्त अधिराज्य बेलायतबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो । साथै, सम्माननीय राष्ट्रपतिज्यूले राजदूत Ms. Pollitt लाई आफ्नो कार्यकाल सफलता पूर्वक सम्पन्न गर्नुभएकोमा धन्यवाद समेत व्यक्त गर्नुभयो ।

२०८० साल जेठ २६ गते शुक्रबार

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता