सम्माननीय राष्ट्रपतिज्यूबाट राजदूत पदमा नियुक्त

आज मिति २०७५ साल पुस १६ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा डा. अन्जान शाक्य, काठमाडौंलाई इजरायलका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ । (छविन्द्र पराजुली) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले “तमूल्होसार पर्व, २०७५” का अवसरमा दिनुभएको शुभकामना सन्देश

गुरुङ्ग समुदायको महान पर्व “तमूल्होसार” का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली गुरुङ्ग समुदायमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । नेपालमा विभिन्‍न जातजातिले मनाउने चाडपर्वहरूले विश्‍वमा नेपालको विशिष्ट साँस्कृतिक पहिचान स्थापित गरेका छन् । मुलुकको साँस्कृतिक सम्पदा संरक्षण तथा संवर्द्धन र ग्रामीण पर्यटन विकासमा गुरुङ्ग समुदायले निर्वाह गरेको भूमिका प्रशंसनीय छ । तमूल्होसार जस्ता राष्ट्रिय पर्वहरूले सबै नेपालीबीच वन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाउन मद्दत गरेका छन् । अन्तमा, गुरुङ्ग समुदायको यस पर्वले आपसी सद्‍भाव बढाई आर्थिक र सामाजिक रुपले समृद्ध मुलुक निर्माण गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै Read More …

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले कालिकोट जिल्ला पलाता गाउँमा २०७५ पौष ८ गते भिषण आगलागी भएको विषयमा ट्वीट गर्नुभएको छ । ट्वीटको व्यहोरा संलग्न छः “कालिकोट जिल्ला पलाता गाउँमा २०७५ पौष ८ गते आगलागी भई ८८ घरधुरी नष्ट हुँदा सयौँ विस्थापनमा पर्नुपरेको, दर्जनौँ घाइते बन्नुपरेको र ठूलो परिमाणमा अन्नपात र पशुधनको क्षति भएको घटनाले मलाई अत्यन्त दुःखित तुल्याएको छ । सम्बद्ध पक्षबाट राहत तथा उद्धारमा थप तदारूकताको अपेक्षा लिएको छु ।“   (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले क्रिसमस डे को अवसरमा दिनुभएको शुभकामना सन्देश

ईसाई धर्मावलम्बीहरुको महान् पर्व क्रिसमस डे को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण ईसाई धर्मावलम्बी नेपालीहरुमा सुस्वास्थ्य, सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु । नेपाल वहुभाषिक, वहुजातिय, वहुसाँस्कृतिक, वहुधार्मिक विशेषतायुक्त सुदृढ सामाजिक एकता कायम भएको मुलुक हो । हाम्रो बहुमुल्य सम्पदाको रुपमा रहेका चाडपर्व, भाषा, संस्कृतिको संरक्षण र प्रबर्द्धन गर्नु हामी सबैको साझा दायित्व हो । यहाँ मनाइने चाडपर्वहरुले विभिन्‍न साँस्कृतिक पहिचान बोकेका समुदायबीच सद्‍भाव र समन्वय अभिबृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेका छन् भन्‍ने मलाई लागेको छ । अन्तमा, ईसाई धर्मावलम्बीहरुको यस पर्वले सबै नेपालीबीच वन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाएर शान्त र समुन्‍नत नेपाल Read More …

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७५ साल पुस ९ गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय प्रमुख आयुक्त श्री नवीनकुमार घिमिरेज्यूले नेपालको संविधानको धारा २९४ बमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन पेश गर्नु भएको छ ।    (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले उधौली पर्व, २०७५ को अवसरमा दिनु भएको शुभकामना सन्देश

मंसिर शुक्ल पूर्णिमाको दिन पितृ र प्रकृति पूजक किराँत समुदायको महान पर्व उधौलीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत समुदायका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, सुख शान्ति र समृद्धि, आपसी सद्‍भाव, एकता, भाइचारा एवम् उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपालका विभिन्‍न जातजाति र समुदायहरुले मनाउने चाडपर्वहरुले नेपाल साझा फूलवारीको रुपमा श्रृंगारिएको छ । यहाँ मनाउने उधौली जस्ता चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्‍भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेका छन् । यस प्रकारका चाड पर्वहरुले सामाजिक एवम् पारिवारीक जमघट गराउन, मनोरञ्‍जन प्रदान गर्न र Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाट पूर्वप्रधानमन्त्री स्वर्गीय डा. तुलसी गिरीप्रति श्रद्धाञ्जली व्यक्त

पूर्व प्रधानमन्त्री डा. तुलसी गिरीको २०७५ साल पुस ३ गते मंगलबार निधन भएको खबरले सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूलाई दुःखित तुल्याएको छ । यस दुःखद घडीमा स्वर्गीय गिरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।   (छविन्द्र पराजुली) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट संघीय संसदको अधिवेशन आह्वान

आज मिति २०७५ साल पुस ३ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सम्वत् २०७५ साल पुस ११ गते बुधबारका दिन १६:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।   (छविन्द्र पराजुली) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमतीज्यूसमक्ष राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्रीबाट राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश

आज मिति २०७५ साल मंसिर २८ गते शुक्रबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री श्री के. पी. शर्मा ओलीज्यूले नेपालको संविधानको धारा २६६ को उपधारा (३) बमोजिम राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन पेश गर्नु भएको छ ।   (छविन्द्र पराजुली) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७५ मंसिर २६ गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सर्वोच्च अदालतका सम्माननीय प्रधान न्यायाधीश श्री ओमप्रकाश मिश्रज्यूले नेपालको संविधानको धारा १३८ बमोजिम सर्वोच्च अदालतको आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन पेश गर्नु भएको  छ ।   (छविन्द्र पराजुली) प्रवक्ता