सम्माननीय राष्ट्रपतिज्यूबाट पूर्वप्रधानमन्त्री स्वर्गीय डा. तुलसी गिरीप्रति श्रद्धाञ्जली व्यक्त

पूर्व प्रधानमन्त्री डा. तुलसी गिरीको २०७५ साल पुस ३ गते मंगलबार निधन भएको खबरले सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूलाई दुःखित तुल्याएको छ । यस दुःखद घडीमा स्वर्गीय गिरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

  (छविन्द्र पराजुली)

प्रवक्ता