सम्माननीय राष्ट्रपतिज्यूबाट राजदूत पदमा नियुक्त

आज मिति २०७५ साल पुस १६ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा डा. अन्जान शाक्य, काठमाडौंलाई इजरायलका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

(छविन्द्र पराजुली)

प्रवक्ता