सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले “तमूल्होसार पर्व, २०७५” का अवसरमा दिनुभएको शुभकामना सन्देश

गुरुङ्ग समुदायको महान पर्व “तमूल्होसार” का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली गुरुङ्ग समुदायमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

नेपालमा विभिन्‍न जातजातिले मनाउने चाडपर्वहरूले विश्‍वमा नेपालको विशिष्ट साँस्कृतिक पहिचान स्थापित गरेका छन् । मुलुकको साँस्कृतिक सम्पदा संरक्षण तथा संवर्द्धन र ग्रामीण पर्यटन विकासमा गुरुङ्ग समुदायले निर्वाह गरेको भूमिका प्रशंसनीय छ । तमूल्होसार जस्ता राष्ट्रिय पर्वहरूले सबै नेपालीबीच वन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाउन मद्दत गरेका छन् ।

अन्तमा, गुरुङ्ग समुदायको यस पर्वले आपसी सद्‍भाव बढाई आर्थिक र सामाजिक रुपले समृद्ध मुलुक निर्माण गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

धन्यवाद !

मिति २०७५ पुस १५ गते आइतबार ।