सम्माननीय प्रधानमन्त्री श्री सुशिला कार्कीज्यूको सिफारिसमा प्रतिनिधि सभाको विगठन
विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री सुशिला कार्कीज्यूको सिफारिस बमोजिम मिति २०८२ साल भदौ २७ गते शुक्रबार रातको ११:०० बजेदेखि लागू हुने गरी वर्तमान प्रतिनिधि सभाको विगठन गर्नु भएको छ। मिति २०८२ साल फागुन २१ गते बिहीबारका दिन नयाँ प्रतिनिधि सभाको निर्वाचन गर्ने गरी मिति तोक्नु भएको छ। २०८२ साल भदौ २७ गते शुक्रबार। ने.सं. ११४५ ञलागा पञ्चमी। (रुपेश जंग थापा मगर) उपसचिव


