सम्माननीय राष्ट्रपतिज्यू समक्ष नेपालका लागि अष्ट्रेलियाका राजदूतबाट शिष्टाचार बिदाइ भेट

आज मिति २०७७ साल असोज १२ गते, सोमबार सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नेपालका लागि अष्ट्रेलियाका राजदूत H.E. Mr. Peter Budd ले राष्ट्रपति भवन, शीतलनिवासमा शिष्टाचार बिदाइ भेट गर्नुभयो ।

उक्त अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाट आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्‍न गर्नु भएकोमा अष्ट्रेलियाका राजदूतलाई बधाई दिनुहुँदै भविष्यमा नेपाल र अष्ट्रेलिया बीचको सम्बन्ध अझ सुदृढ हुने विश्‍वास व्यक्त गर्नुभयो ।

(हरि प्रसाद दहाल)

प्रवक्ता