सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७४ साल असार १४ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा इनरुवा-२, सुनसरी निवासी श्री पदम सुन्दासलाई  बहराईनका लागि नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ । (प्रल्हाद प्रसाद पुडासैनी) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली सेनाका कायममुकायम प्रधान सेनापति तोक्नु भएको

आज मिति २०७४ साल असार १४ गते बुधबारका दिन  सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाली सेनाका प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री संयुक्त राष्ट्रसंघको मुख्यालयमा हुन लागेको Chief of Defence Conference र सो पश्चात बेलायतको सेनाध्यक्षको ‌औपचारीक निमन्त्रणामा सहभागी हुन मिति २०७४/०३/१६ गते संयुक्त राज्य अमेरिकातर्फ र मिति २०७४/३/२६ देखि बेलायततर्फ प्रस्थान गरी मिति २०७४/०३/३१ मा स्वदेश फर्कनु हुने भएकोले प्रधान सेनापतिको अनुपस्थिति अवधिभर सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा (३) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नेपाली सेनाका व्य.नं. ११८१ बलाधिकृत रथी बलदेवराज महतलाई कायममुकायम प्रधान सेनापति  तोक्नु भएको भएको छ। (प्रल्हाद प्रसाद पुडासैनी) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट आम मतदाताहरुलाई दिनुभएको सन्देश

नेपाली जनताको लामो संघर्षको फलस्वरुप नेपालको संविधानसभाद्वारा निर्मित संविधान जारी भए पश्चात् हुन लागेको स्थानीय तहको निर्वाचनका अवसरमा समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई निर्वाचन शान्तिपूर्ण ढंगले सफल बनाउन म आह्वान गर्दछु । देश संघीय संरचनामा गएको परिप्रेक्ष्यमा नेपालको संविधानले २०७४ माघ ७ गते भित्र उक्त संरचना अन्तरगत सबै निर्वाचन सम्पन्न हुनुपर्ने व्यवस्था गरेको छ । निर्वाचनको श्रृङ्‍खला को रुपमा व्यापक जनसहभागितासहित मिति २०७४ वैशाख ३१ गते पहिलो चरणको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको सर्वविदितै छ ।स्थानिय तहको दोस्रो चरणको निर्वाचनको पनि उत्तिकै महत्व रहेको छ । साथै, यस निर्वाचनले स्थानीय तहलाई अधिकार र दायित्वले सम्पन्न तुल्याई सामाजिक र आर्थिक समृद्धिको ढोका Read More …

ईदुलफित्र पर्व २०७४ को शुभ अवसरमा सम्माननीय राष्ट्रपतियूको शुभकामना सन्देश

इस्लाम धर्मावलम्बीहरुको महान् पर्व ईदुल फित्रको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । धार्मिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो देशमा मनाइने ईदुल फित्र जस्ता विशेष पर्वले देशभित्र वसोवास गर्ने विभिन्न जातजाति, भाषाभाषी र समुदायबीच आपसी मेलमिलाप, सद्‍भाव र भाइचाराको प्रबर्द्धन गर्दै आफ्ना मौलिक संस्कृति र परम्पराको संरक्षण तथा सम्बर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्‍याएका छन् । यसले हामीलाई विविधताबीच राष्ट्रिय एकताको भावना जागृत गरेको छ । रमादानको अवसरमा लामो उपवास बसेर आत्मा शुद्धीकरण गर्ने र आफन्तहरुबीच खुसी साटासाट गरी मनाइने यस पर्वले हाम्रो आत्मा शुद्ध भई Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली सेनाको परिचालनको लागि स्वीकृति प्रदान

आज मिति २०७४ साल असार ११ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट २०७४ साल असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचन स्वतन्त्र,  निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन सुरक्षा योजना, २०७३ मा व्यवस्था भए अनुसार सुरक्षा निकायहरु एकीकृत तथा समन्वयात्मक रुपमा परिचालन गर्न नेपाली सेना परिचालनको लागि राष्ट्रिय सुरक्षा परिषद्को मिति २०७४/३/७ को सिफारिस, मन्त्रिपरिषद्को  मिति २०७४/३/८ को निर्णय तथा सम्माननीय प्रधानमन्त्रीको मिति २०७४/३/८  को सिफारिस बमोजिम २०७४ साल असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान Read More …

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष न्याय परिषद् तथा न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७४ साल असार ८ गते बिहीबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष न्याय परिषद् तथा न्याय सेवा आयोगका अध्यक्ष तथा सम्माननीय कामय मुकायम प्रधान न्यायधीश श्री गोपाल पराजुलीज्यूबाट नेपालको संविधानको धारा १३८ बमोजिम न्याय परिषद् तथा न्याय सेवा आयोगको आर्थिक वर्ष २०७२/०७३ को वार्षिक प्रतिवेदन पेश भयो । (हरिप्रसाद दवाडी) सहसचिव

सम्माननीय राष्ट्रपतिज्यूबाट गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७४ साल असार ५ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तपसिलमा उल्लेख भएका नेपाली राजदूतहरुलाई देहायबमोजिम गैरआवासीय नेपाली राजदूत पदमा समेत नियुक्त गर्नुभएको छ । तपसिल सि.नं. राजदूतको नाम आवासीय राजदूत र देश गैरआवासीय राजदूत नियुक्त गरेको देश १. श्री झविन्द्रप्रसाद अर्याल इजिप्ट संघीय प्रजातन्त्रिक गणतन्त्र इथियोपिया २. प्रा. विश्वम्भर प्याकुरेल श्रीलङ्का माल्दिभ्स     (मोहनप्रसाद वाग्ले) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यू स्वीटजरल्याण्डको भ्रमण पूरा गर्नुभई स्वदेश फिर्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू अन्तर्राष्ट्रिय श्रम संगठनका महानिर्देशकको निमन्त्रणामा स्वीटजरल्याण्डको जेनेभामा आयोजना भएको १०६औं अन्तर्राष्ट्रिय श्रम सम्मेलन अन्तरगत “World of Work Summit” लाई संबोधन गर्नु भई आज मिति २०७४ साल असार ४ गते आइतबार भ्रमण सम्पन्न गरी स्वदेश फर्कनु भयो । (मोहन प्रसाद वाग्ले) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक प्रमाणीकरण

आज मिति २०७४ साल जेठ २९ गते सोमबारका दिन  सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले व्यवस्थापिका-संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको “राजनीतिक दल सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७४” नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।     (प्रल्हाद प्रसाद पुडासैनी) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक प्रमाणीकरण

आज मिति २०७४ साल जेठ २६ गते शुक्रबारका दिन  सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले व्यवस्थापिका-संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको “स्थानीय तह निर्वाचन (पहिलो संशोधन) विधेयक, २०७४” नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।     (प्रल्हाद प्रसाद पुडासैनी) सहायक प्रवक्ता